
काठमाडौँ, २६ असोज । छिमेकी राष्ट्र चीनको भ्रमणमा रहनुभएका रक्षामन्त्री बालकृष्ण खाँणले आज बेइजिङस्थित नेपाली दूतावासका कर्मचारीसँग दसैँ मनाउनुभएको छ ।
दूतावासका कर्मचारीलाई मन्त्री खाँणले टीका लगाएर शुभकामना दिनुका साथै आपसी भेटघाट गरिएको उहाँको निजी सचिवालयले जनाएको छ ।
एक कार्यक्रमका लागि त्यहाँ रहनुभएका मन्त्री खाँण यही असोज ३० गते स्वदेश फर्कने कार्यक्रम छ ।
आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो