
लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले सोमबारमात्र आउंदो मार्च अन्त्यमा युरोपियन युनियनसंग अलग हुन आर्टिकल ५० को सम्झौता शुरु गर्ने उद्घोष गरेपछि बेलायती बजारमा अस्थिरता छाएको छ । कुन शर्तमा ईयूसंग अलग्गिने हो, त्यसको निक्र्योल नहुन्जेल बेलायती अर्थतन्त्र स्थिर नहुने लक्षण देखिएको छ । बेलायती अर्थमन्त्रीले सन् २०१७ मा हुने भविष्यवाणी गरेको आर्थिक वृद्धिदर नहुने सन्देश दिएपछि लगानीकर्ताहरुमा अरु आर्थिक सन्त्रास बढेको छ ।
अन्तर्राष्ट्रिय विनिमय दरमा पाउण्ड स्टर्लिङको भाउ ३१ वर्ष पछिको रेकर्डमा झरेको छ । कमजोर पाउण्डले बेलायत बस्नेलाई अनेक रुपमा मुल्यमा असर गर्छ । जुनसुकै आयात गरिएको सामानको भाउ बढ्छ । पेट्रोलियम लगायत खाद्यान्न, लत्ताकपडा, इलोक्ट्रोनिक सामानहरुको भाउ बढ्छ । होलिडे महँगो हुन्छ, यसको अर्थ पाउन्डको क्रयशक्तिमा ह्रास हुने हो । सामान निर्यात गर्दा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सस्तो हुन पुग्छ ।
अन्तर्राष्ट्रिय विनिमयको हिसाबले कमजोर मुद्रामा यसको नाफा पनि कम हुन पुग्छ । नाफा कम भएपछि लगानी अन्यत्र जान्छ भन्ने मान्यता हुन्छ । यसले देशको अर्थतन्त्र लगायत सम्पतिको मुल्यमा पनि गिरावट आउंछ ।
सामान्य हिसावले बुझ्दा पाउण्ड स्टर्लिङ कमजोर हुनु भनेको लगानीकर्ताहरु माझ बेलायतले युरोपियन युनियन छोडेपछि अर्थतन्त्र प्रतिको चिन्ता हो । यही अन्योल बीच पाउण्डको भाउ अरु कमजोर भएमा आश्चर्य मान्नु नपर्ने बताउंछन् लन्डनस्थित अर्थ व्यवस्थापनका जानकार विकलचन्द्र आचार्य । लगातार गिरावट भयो भने बैंक अफ इंग्ल्यान्डले ब्याजदर, मुद्रास्फिर्ती नियन्त्रण तथा अर्थतन्त्र उत्साहित पार्न कदम चाल्ने उनको विश्वास छ ।
ईयूबाट बहिर्गमन नहुन्जेल बेलायती अर्थतन्त्रले अरु कठोर परिवेश सामना गर्नुपर्ने लक्षणहरु देखिएका छन् । कमन मार्केटमा रहिरहने कि छोड्ने भन्ने प्रमुख आर्थिक मुद्दा छ । कमन मार्केटमा रहंदा फ्री मुभमेन्टलाई मान्नुपर्ने शर्त ईयूको छ । फ्री मुभमेन्ट स्वीकारे आप्रवासी संख्या नियन्त्रण नहुने पक्का छ । बेलायतमा पछिल्ला वर्ष आप्रवासी नियन्त्रण प्रमुख राजनीतिक मुद्दा रहंदै आएको छ । कमन मार्केट छोडे ४४ प्रतिशत भन्दा बढी ब्यापार गर्ने ईयूमा यसको टारिफ (कर) तिर्नुपर्ने हुन्छ जसले गर्दा अरु भार बेलायती व्यवसायलाई पर्न सक्छ । यसले अर्थतन्त्रमा केही वर्ष नकारात्मक असर पर्न सक्छ ।
तर, कमन मार्केट छोड्ने निर्णय गर्ने हो भने प्रत्येक देशसंग ट्रेड सन्धि गरि डब्लुटीओ (विश्व व्यापार संघ) सदस्य हुने अरु तरिकाहरु भने छन् । आर्थिक जग बलियो भएको बेलायतमा केहि समयपछि स्थिरता आउने आशा पनि छ । कति समय लाग्ने हो, त्यो ईयू बहिर्गमनको सम्झौता र यसपछि आर्थिक नीति तथा नेतृत्वले अग्रगामी भूमिका खेल्नेछ ।
यद्यपि, लन्डन स्टक मार्केटको ठूला १०० कम्पनीको सेयर अंक धेरै बढेको छ । लन्डन स्टक मार्केटमा धेरै ठूला विदेशी कम्पनीको सेयर छ । यी ठूला कम्पनीहरुले बेलायतबाहिर कमाएको नाफाको मूल्य पाउण्ड स्टर्लिङ कमजोर भएपछि अरु बढ्छ । ठूला विदेशी कम्पनीहरुलाई पाउन्डको मुल्यमा आएको गिरावटले फाइदा हुंदा स्टक
मार्केटको सेयर बढ्छ । तर, यी भन्दा साना २०५० वटा कम्पनीको सेयर अंक यिनीहरुको जस्तो बढेको छैन् किनकि यसमा धेरै स्वदेशी कम्पनी नै छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा