न्युयोर्क, ७ असोज । नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको पछिल्लो अवस्थाबारे विदेशी मित्रराष्ट्रका प्रतिनिधिहरुले विशेष चासो राखेका छन् ।
संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभामा भाग लिन आएको नेपाली प्रतिनिधिमण्डलसँग विशेषगरी नेपालको मौलिक एवम् अनुकरणीय शान्ति प्रक्रियाका बारेमा द्वन्द्वग्रस्त मुलुकका प्रतिनिधिले विशेष चासो राखेका हुन् ।
नेपालका राजनीतिक दलको सहमतिमा अगाडि बढेको शान्ति प्रक्रियाले एक हदसम्म पूर्णता पाइसकेको र द्वन्द्वोत्तर समयका केही विषयमा अझै अध्ययन तथा अनुसन्धान, पीडितलाई क्षतिपूर्ति तथा राहतको प्रक्रियासमेत सुरु भएको छ ।
महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर न्युयोर्क आइपुग्नुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग द्विपक्षीय भेटवार्ता गरेका विभिन्न मुलुकका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको विषयमा नै विशेष चासो राखेका थिए ।
संयुक्त राष्ट्र सङ्घको सहयोगमा अघि बढेको नेपालको शान्ति प्रक्रिया र पछिल्लो पटक विगतमा द्वन्द्वरत दुवै पक्ष नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का बीचमा भएको सहमति र सहकार्यले शान्ति प्रक्रियाका बाँकी कामले पूर्णता पाउन लागेको छ ।
परराष्ट्रमन्त्री डा महतसँग विहिबार भएको भेटमा विशेषगरी कोलम्बियाका परराष्ट्रमन्त्री मारिया एन्जेला होल्गुइन कोयरले नेपालको शान्ति प्रक्रिया कसरी अगाडि बढ्यो र निष्कर्षमा कसरी पुग्यो भन्ने बारेमा विशेष चासो राख्नुभएको थियो ।
परराष्ट्रमन्त्री डा महतले भन्नुभयो, “नेपालको शान्ति प्रक्रियाका बारेमा कोलम्बियाका विदेशमन्त्रीले विशेष चासो राखेर सोधखोज गर्नुभयो र नेपाल भ्रमण गरेर थप जानकारी लिने बताउनुभएको छ ।” विगत ६० वर्षदेखि द्वन्द्वमा रहेको कोलम्बियामा सरकार र विद्रोही फार्क समूहबीच विगत केही महिनादेखि शान्ति प्रक्रिया अगाडि बढेको छ ।
कोलम्बियालाई सफलरुपमा शान्तिको मार्गमा हिँडाउनका लागि पनि नेपालको अनुभव अनुकरणीय हुन सक्ने विदेशमन्त्रीको भनाइ थियो । नेपालको शान्ति प्रक्रियाका पक्षलाई विशेषगरी विश्वका विभिन्न मुलुकले सिक्न लागिपरेको र भ्रमणको समेत इच्छा व्यक्त गरेका छन् ।
द्वन्द्वपीडितलाई न्याय र राहत दिन शान्ति प्रक्रियाको दुईवटा पक्षका बीचमा भएको सहमति र संयुक्त सरकार स्थापना नै सहमतिको द्योतक रहेको भन्दै परराष्ट्रमन्त्री डा महतले भन्नुभयो, “ विश्वले नै अनुकरण गर्न सक्ने एकदमै महत्वपूर्ण काम हामीले सम्पन्न गरेका रहेछौँ भन्ने कुरा विदेशीले चासो राखेपछि थाहा हुँदोरहेछ ।”
विशेषगरी संयुक्त राष्ट्र सङ्घका महासचिव वान कीमुनको विशेष साथ र सहयोगका कारण पनि नेपालको शान्ति प्रक्रिया अगाडि बढेको हो ।
यस्तै, मङ्गोलिया, सर्बिया लगायतका मुलुकका प्रतिनिधिले पनि नेपालको पछिल्लो राजनीतिक अवस्था एवम् संविधान निर्माण पछिको अवस्थाका बारेमा परराष्ट्रमन्त्रीसँग विशेषरुपमा नै चासो राखेको र उनीहरुले नेपालबाट केही न केही सिकौँ र आफ्नो मुलुकमा त्यसलाई लागू गराँै भन्ने मानसिकताका साथ चासो राख्ने गरेको परराष्ट्र सचिव शङ्करदास बैरागी बताउनुहुन्छ ।
यस्तै, परराष्ट्रमन्त्री डा महत र पाकिस्तानका प्रधानमन्त्री नवाब सरिफ बीचको भेटवार्तामा समेत नेपालको पछिल्लो अवस्थाका बारेमा चासो राख्नुभएको थियो ।
प्रधानमन्त्री सरिफले नेपाल शान्ति र संविधान तथा लोकतन्त्रको प्रक्रियामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको भेटमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिनुभयो ।
प्रधानमन्त्री सरिफले परराष्ट्रमन्त्री डा महतमार्फत नेपालका प्रधानमन्त्री दाहाललाई सफल कार्यकालको शुभकामना दिँदै संविधान कार्यान्वयन र शान्ति प्रक्रियाको पूर्णताको समेत कामना गर्नुभएको थियो ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित