काठमाडौँ, ३ असोज । चिकित्सा शिक्षा सुधारको माग राख्दै आजबाट नवौँ अनशनको घोषणा गर्नुभएका डा गोविन्द केसीले सरकारले लिखित रुपमा माग कार्यान्वयनको प्रतिबद्धता पत्र पठाएपछि एक हप्ताका लागि अनशन स्थगित गर्नुभएको छ ।
स्वास्थ्यमन्त्री गगनकुमार थापा र शिक्षामन्त्री धनीराम पौडेलले डा केसीलाई उहाँले राख्नुभएका चार बुँदा मागमध्ये तीन बुँदा कार्यान्वयनमा रहेको खाकासहितको पत्र पठाएपछि अनशन स्थगित गर्नुभएको हो ।
आज शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मलेन गरी डा केसीले सरकारले अघि बढाएको कामका लागि केही समय दिनु आवश्यक ठानेर एक साताका लागि अनशन स्थगित गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “असोज १० गतेसम्म लिखित प्रतिबद्धताअनुसार सम्झौता कार्यान्वयन नभए र प्रतिबद्धतामा नपरेको अदुअआका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने प्रक्रिया संसद्बाट अघि बढाउने काम भएन भने सोही दिन अपराह्न ४ बजेबाट नवौँ आमरण अनशन सुरु गर्नेछु ।”
केसीको मागअनुसार मनमोहन प्रतिष्ठानको विधेयक संसद्बाट फिर्ता लिने, चिकित्साशिक्षा विधेयकबारेमा संसद्को आगामी ९ गतेदेखि बस्ने बैठकमा सैद्धान्तिक छलफल सुरु गर्ने, विगतमा भएको सम्झौता र माथेमा कार्यदलको सुझावलाई समेत ध्यानमा राखी नयाँ चिकित्सा ऐन नबन्दासम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया रोकिएको उक्त प्रतिबद्धता पत्रमा उल्लेख गरिएको जनाएको छ ।
त्यस्तै प्रतिवद्धता पत्रमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डीन नियुक्ति प्रक्रिया अविलम्ब अगाडि बढाउने सम्बन्धमा शिक्षा मन्त्रालयबाट आवश्यक निर्देशन भइसकेको, सातै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने विषयमा मन्त्रालयले मन्त्रिपरिषद्मा कार्ययोजना पेस गरिसकेको र सम्भाव्य अध्ययनका लागि अविलम्ब समिति गठन गरी काम प्रारम्भ गरिने उल्लेख छ ।
यसैगरी मन्त्रालय अन्तर्गतका परिषद्, प्रतिष्ठान र केन्द्र लगायतको नियुक्तिका लागि मापदण्ड बनाई मन्त्रिपरिषद्मा पेस गरिसकिएको तथा मेरिटको आधारमा योग्यताक्रमअनुसार विद्यार्थी भर्ना गर्न र मापदण्डअुनसार शुल्क व्यवस्थापन गर्नेबारे सम्बद्ध निकायलाई निर्देशन समेत दिइएको जानकारी प्रतिबद्धतापत्रमा उल्लेख छ ।
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल