
लन्डन । भूकम्पपछि स्वास्थ्य क्षेत्रमा भएको क्षतिको पुनःनिर्माणका लागि बेलायतले नेपाललाई ८५ मिलियन पाउन्ड स्टर्लिङ सहयोग गरेको छ ।
उक्त सहयोग बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास नियोग (डिएफआइडी)ले नेपाल स्वास्थ्य क्षेत्र पुनःनिर्माण कार्यक्रम (एनएचएसपी–३) अन्तर्गत करिब साढे चारवर्षे अवधिका लागि गरेको हो ।
राससका अनुसार, अर्थ मन्त्रालय काठमान्डूमा बुधबार आयोजित कार्यक्रममा नेपालकातर्फबाट अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय विभागका सहसचिव वैकुण्ठ अर्याल र डिएफआइडी नेपालका उपनिर्देशक मार्क स्मिथले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
पूरै सहयोगमध्ये ५७ मिलियन पाउन्ड स्टर्लिङ रातो किताबमार्फत स्वास्थ्य सेवा विभागका लागि जम्मा हुनेछ भने २८ मिलियन प्राविधिक कामका लागि छुट्याएको छ । त्यस्तै १४ मिलियन पाउन्ड स्टर्लिङ स्वास्थ्य क्षेत्रका भौतिक पूर्वाधार पुनःनिर्माणका लागि खर्च गरिनेछ । यसअघि भूकम्प गएलगत्तै दुई देशका सरकारबीच सन् २०१५ को सेप्टेम्बरमा १० मिलियन पाउन्ड स्टर्लिङको सहयोग सम्झौता भएको थियो ।
सो अवसरमा विभागका सहसचिव अर्यालले सहयोग मूलतः भूकम्प प्रभावित जिल्लाका महिला, बालबालिका, घाइते तथा अपाङ्गमा केन्द्रित रहने जानकारी दिनुभयो । त्यस्तै देशैभरिका स्वास्थ्य केन्द्र र अस्पतालका भौतिक संरचनामा पुगेको क्षति पुनःनिर्माणसँगै त्यहाँको स्तरवृद्धिका लागिसमेत उक्त रकम खर्च गरिने बताइएको छ ।
उपनिर्देशक मार्क स्मिथले सन् २०२० मा यो सम्झौता सकिएपछि पनि नेपालको सामाजिक, आर्थिक क्षेत्रका लागि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा