
भिएना (अस्ट्रिया), २७ भदौ । अस्ट्रियाका गृहमन्त्री बल्फगाङ सोवाटाले राष्ट्रपतिका लागि आगामी अक्टोबर २ मा हुने गरी तोकिएको निर्वाचन प्राविधिक समस्याका कारण स्थगित भएको सोमबार घोषणा गर्नुभएको छ ।
मतपत्र पठाइएका खाममा गरिएको सिलबन्दीमा एकरुपता नपाइएपछि प्रतिस्पर्धी समूहबीच विवाद सुरुभएको छ ।
प्रेस सम्मेलनमा पत्रकारहरुसँग बोल्नुहुँदै गृहमन्त्री सोवाटाले भन्नुभयो, अक्टोबरमा हुने भनिएको निर्वाचन हाललाई स्थगित भएको छ ।
नोभेम्बर २७ वा डिसेम्बर ४ मा निर्वाचन हुने गरी अर्को मिति तय गर्ने तयारी भए पनि अझै टुङ्गोमा नपुगिएको उहाँले बताउनुभयो । अस्ट्रियामा निर्वाचनको अर्को मिति तय गर्न निर्वाचनसम्बन्धी कानुनमा संशोधन हुनु जरुरी हुन्छ ।
निर्वाचन कानुनको संशोधनका लागि छिट्टै सरकारले प्रस्ताव संसदमा लग्नेछ । जहाँबाट नयाँ निर्वाचन तोक्न बाटो खुला गरिनेछ ।
यसअघि सम्पन्न भएको निर्वाचनलाई अस्ट्रियाको संवैधानिक अदालतले पोस्टल मतपत्रमा अनियमितता गरिएको भन्दै रद्द गरिदिएको थियो ।
पोस्टल कार्डले मतदान पक्रियामा प्रभावित पार्न महत्वपूर्ण भ्रमिका खेलेको र यसका कारण राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार अलेक्जेन्डर भानडेर बेलेनले दक्षिणपन्थी फ्रिडम पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नोवर्ट होफरलाई झिनो (एक प्रतिशत) मत अन्तरले पराजित गर्नुभएको थियो ।
फ्रिडम पार्टीका होफर र उनको दलले निर्वाचनमा अनियमितता भएको भन्दै नतिजा प्रति असहमति जाहेर गर्दै यसलाई रद्द गर्न संवैधानिक अदालतमा मुद्दा दर्ता गरेको थियो ।
पछिल्लो सर्वेक्षणले निर्वाचनमा होफर निर्वाचन हुने प्रवल सम्भावना रहेको देखाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने