अस्ट्रियाको राष्ट्रपति निर्वाचन स्थगित

2000px-flag_of_austria-svg

भिएना (अस्ट्रिया), २७ भदौ । अस्ट्रियाका गृहमन्त्री बल्फगाङ सोवाटाले राष्ट्रपतिका लागि आगामी अक्टोबर २ मा हुने गरी तोकिएको निर्वाचन प्राविधिक समस्याका कारण स्थगित भएको सोमबार घोषणा गर्नुभएको छ ।

मतपत्र पठाइएका खाममा गरिएको सिलबन्दीमा एकरुपता नपाइएपछि प्रतिस्पर्धी समूहबीच विवाद सुरुभएको छ ।

प्रेस सम्मेलनमा पत्रकारहरुसँग बोल्नुहुँदै गृहमन्त्री सोवाटाले भन्नुभयो, अक्टोबरमा हुने भनिएको निर्वाचन हाललाई स्थगित भएको छ ।

नोभेम्बर २७ वा डिसेम्बर ४ मा निर्वाचन हुने गरी अर्को मिति तय गर्ने तयारी भए पनि अझै टुङ्गोमा नपुगिएको उहाँले बताउनुभयो । अस्ट्रियामा निर्वाचनको अर्को मिति तय गर्न निर्वाचनसम्बन्धी कानुनमा संशोधन हुनु जरुरी हुन्छ ।

निर्वाचन कानुनको संशोधनका लागि छिट्टै सरकारले प्रस्ताव संसदमा लग्नेछ । जहाँबाट नयाँ निर्वाचन तोक्न बाटो खुला गरिनेछ ।

यसअघि सम्पन्न भएको निर्वाचनलाई अस्ट्रियाको संवैधानिक अदालतले पोस्टल मतपत्रमा अनियमितता गरिएको भन्दै रद्द गरिदिएको थियो ।

पोस्टल कार्डले मतदान पक्रियामा प्रभावित पार्न महत्वपूर्ण भ्रमिका खेलेको र यसका कारण राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार अलेक्जेन्डर भानडेर बेलेनले दक्षिणपन्थी फ्रिडम पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नोवर्ट होफरलाई झिनो (एक प्रतिशत) मत अन्तरले पराजित गर्नुभएको थियो ।

फ्रिडम पार्टीका होफर र उनको दलले निर्वाचनमा अनियमितता भएको भन्दै नतिजा प्रति असहमति जाहेर गर्दै यसलाई रद्द गर्न संवैधानिक अदालतमा मुद्दा दर्ता गरेको थियो ।

पछिल्लो सर्वेक्षणले निर्वाचनमा होफर निर्वाचन हुने प्रवल सम्भावना रहेको देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री