काठमाडौँ, २३ भदौ । अवैध रुपमा अमेरिका लैजाने तथा मानव ओसारपसार तथा बेचबिखन गर्ने गिरोहमा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
रुकुम, मग्मा गाविस घर भई हाल ललितपुर महालक्ष्मी स्थान बस्ने ३२ वर्षीय ‘नवीन’ भनिने नवराज खत्री र बाग्लुङ, रिगा गाविस घर भई हाल लैनचौर बस्ने ३७ वर्षीय सागर शिरीषलाई प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले यही भदौ १७ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरुले सङ्गठित रुपमा अन्तर्राष्ट्रियस्तरको सञ्जाल बनाएको अनुसन्धानका क्रममा खुल्न आएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।
अभियुक्तले नवलपरासी, रुपौलियाका प्रेमनारायण महतो लगायत व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हँुदै विभिन्न देश ‘ट्रान्जिट’ बनाई अमेरिका पठाइदिने भनी प्रलोभनमा पारी प्रतिव्यक्ति रु २० लाख देखि ३० लाखसम्म रकम लिएको महाशाखाले जनाएको छ ।
काठमाडौँबाट भारत–थाइल्यान्ड–जापान–फ्रान्स–मेक्सिको हँुदै अमेरिका जान लागेका अवस्थामा पीडित महतो भदौ १७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४० हजार डलरसहित पक्राउ परेका थिए । उनी पक्राउ परेपछि अनुसन्धानका क्रममा खत्री र शिरीष गिरोहको खुलासा भएको हो । अनुसन्धानका क्रममा अमेरिकामा मानव तस्करी गर्न प्रयोग गरिने विभिन्न मार्गसमेत पत्ता लागेको खनालले जानकारी दिनुभयो ।
मानव तस्करीका लागि प्रयोग गरिएको पहिलो मार्गमा काठमाडाँै–भारत–फ्रान्स–मेक्सिको–अमेरिका, दोस्रो मार्गमा काठमाडाँै–भारत, जापान ट्रान्जिट हुँदै मेक्सिको–अमेरिका र तेस्रो मार्गमा काठमाडाँै–सिंगापुर–जापान–मेक्सिको–अमेरिका छ । ती देशमा रहेका एजेन्टले नेपालबाट पठाइएका उनीहरुलाई सम्पर्क गर्ने र अन्य देशमा जानका लागि आवश्यक व्यवस्था मिलाउने गरेका थिए । मेक्सिकोमा पुगेपछि सबै मानिस अलपत्र पारी मेक्सिको प्रहरीले पक्राउ गरी थुनामा राख्ने गरेको छ । थुनामा परेपछि त्यहाँको एजेन्टले भेटी उनीहरुलाई कानुन व्यवसायीसँग सम्पर्क गराइदिने गरेको खनालले जानकारी दिनुभयो ।
जेनीशा नामकी कानुन व्यवसायीले थुनामा परेका व्यक्तिबाट प्रतिव्यक्ति रु दश हजार डलर लिई कानुनी सहजताको काम गर्ने गरेको र कानुनी प्रक्रिया मिलाई मेक्सिको प्रहरीको थुनाबाट मुक्त गरी अमेरिकाको टेक्सासको शरणार्थी शिविरमा राख्ने व्यवस्था मिलाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
मानव तस्करी गर्दा काठमाडौँमा अमेरिका जान इच्छुक व्यक्तिसँग सम्पर्क गरी यहाँका एजेन्टले प्रतिव्यक्ति रु दश लाख, मेक्सिको पुगेपछि कानुन व्यवसायीले रु दश लाख र टेक्सास शरणार्थी शिविरमा पुगेपछि रु दश लाख गरी तीन किस्तामा रकम लिने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम