
लन्डन । साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिर कमिटीले हरितालिका तीजकै दिन एसियन कम्युनिटी हलमा तीज विशेष कार्यक्रम गरेको छ ।
कार्यक्रममा झण्डै हजार महिला सहभागी भएको आयोजकको विश्वास छ ।
औपचारिक भाषण र खादा प्रवृत्ति अनुशरण नगरिएको उक्त कार्यक्रममा मन्दिर कमिटीका अध्यक्ष बालजंग अर्यालले तीजको शुभकामना दिंदै चेलीबेटीहरु नेपाल जान नसकेपनि माइती सम्झेर तीज मनाउने माहोल सृजना गरिएको बताए ।
विनोद ज्ञवालीको संयोजनमा भएको उक्त कार्यक्रममा पण्डित निलहरि घिमिरेले पूजाआजा गराएका थिए ।
कार्यक्रम मन्जु भण्डारीले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा तीज गीतमा महिलाहरु धित मरुन्जेल नाचे । डिजेको भूमिकामा थिए साउण्ड इन्जिनियर हेम बिष्ट । संयोजक ज्ञवालीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने मन्दिर कमिटीका समस्त पदाधिकारी, ट्रष्टीहरु र सहभागीप्रति आभार व्यक्त गरेका छन् ।
यसअघि दिउसो एक बजेसम्म व्रतालु दिदबिहिनीहरु प्लमस्टिड पशुपति नाथ मन्दिरमा गएर भगवान शिवको पूजा गरेका थिए ।
तस्विरहरुः कृष्ण सुवेदी, के के मूभिज प्रोडक्सन
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने