
लन्डन । चाल्टर्न नेपाली समाजले आइतबार वार्षिक भेटघाट तथा समर बीबीक्यू कार्यक्रम गरेको छ ।
चाल्टर्नस्थित मेरिडियन स्पोर्ट्स क्लब मैदानमा भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमसहित भेला भएको हो ।
समाजका सचिव टिएन रिजालले सञ्चालन गरेको पहिलो चरणको औपचारिक कार्यक्रममा सल्लाहकार फत्त थापाले हेल्थ एण्ड सेफ्टीबारे अवगत गराए । स्वागत मन्तव्य उपाध्यक्ष टंक कंडेलले दिए भने कोषाध्यक्ष कृष्ण खरेलले समाजको आर्थिक गतिविधिमाथि प्रकाश पारे ।
मन्तव्यका क्रममा समाजका अध्यक्ष रोमनाथ पाण्डेले सहभागीहरुप्रति आभार व्यक्त गर्दै चाल्टर्नवासीको एकताले नै अपेक्षा अनुरुप कार्य गर्न सकिएको बताए । संस्थापक अध्यक्ष सुरज केसीले नेपाली भाषा कक्षामा सबैलाई सहयोग गर्न अनुरोध गरे ।
कार्यक्रमको आकर्षण रह्यो २७ महिला भलिबल प्रतियोगितामा उत्रिएको क्षण । महिलातर्फ ३ र पुरुषतर्फ ६ टिमले भलिवलमा भाग लिएका थिए । क्याप्टेन संगीता मगरको नेपाल टिम प्रथम भयो । क्याप्टेन रत्ना शाहीको निलगिरी दोश्रो र पार्वती कंडेलको टिमले तृतीय स्थानमा चित्त बुझाउनु पर्यो ।
पुरुषतर्फ नेपाल फोरम ग्रीनीच विजेता भयो । जसको नेतृत्व विनोद ज्ञवालीले गरेका थिए । उक्त टीममा तीन जना नेपालका पूर्व राष्ट्रिय खेलाडी सहभागी थिए ।
समाजका वर्तमान अध्यक्ष रोमनाथ पाण्डे, संस्थापक अध्यक्ष सुरज केसी र दिनेश घिमिरेले विजेता भलिवल खेलाडी र नेपाली भाषा प्रशिक्षणमा संलग्न स्वयंसेवकहरुलाई पुरस्कार दिइयो ।
भलिबल प्रतियोगिताको संयोजन समाजका उपाध्यक्ष टंक कंडेलले गरेका हुन् भने खेल सफल बनाउन अध्यक्ष रोमनाथ पाण्डे, समाजकी सल्लाहकार मन्जु खरेल, खड्क रेश्मी, प्रकाश खरेल, दीपक भट्ट र समाजसेवी विनोद ज्ञवालीले साथ दिएका थिए । संयोजक कंडेलले बेलायतमा नेपाली महिलाबीच पहिलो पटक भलिबल प्रतियोगिता गरिएको दावी गरे । मोहन गुरुङ, ह्यारी गुरुङ, दिनेश घिमिरे र अमृतजीले रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।
चर्चित लोक गायक गायिका राधिका हमाल, रामजी खांड र थानेश्वर गौतमको सांगीतिक प्रस्तुति कार्यक्रमको अर्को आकर्षण बनेको थियो । स्थानीय वालवालिकाले समेत नृत्य गरेका थिए ।
तस्विरः शिव भण्डारी
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना : समृद्धिको लक्ष्य प्राप्ति आजको आवश्यकता
नेपालको परराष्ट्र मन्त्रालयले माग्यो विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा