
सभामुख ओनसरी घर्तीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग भेटका क्रममा कुरा गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ ५ साउन । सभामुख ओनसरी घर्तीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा गोविन्द केसीलाई आज भेट्नुभएको छ । उहाँले डा केसीको स्वास्थ्यबारे जानकारी लिनुभयो ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ दिनदेखि अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिगँ्रदै गएको खबर पाएपछि सभामुख घर्तीले डा केसीलाई स्वास्थ्य ख्याल राख्न आग्रह गर्दै माग पूरा गर्न पहल गर्ने आश्वासन दिनुभएको हो ।
डा केसीले सभामुख ओनसरी घर्तीलाई “तपाईंको घर कहाँ हो ?” र त्यहाँका जनता उपचार गर्न कहाँ आउँछन् ? भन्ने प्रश्न गर्दै चिकित्सा शिक्षा सुधार गरे मात्र सबै नेपाली गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताउनुभएको थियो ।
डा केसीले भन्नुभयो– “त्यस क्षेत्रका जनताले गुणस्तरीय उपचार सेवा पाउन भनेर आफूले दाङमा मेडिकल कलेज खोल्न सरकारलाई पटकपटक आग्रह गर्दासमेत बजेट विनियोजन भएन । सबैलाई उपत्यका भन्दा बाहिर जानै मन छैन ।”
सभामुखसँगको भेटमा डा केसी शिक्षालाई सेवाको भावमा नभई नाफामूलक संस्थाको रुपमा विकास गरिँदै लगेकाले त्यसको विरोधमा अनशन बस्नुपरेको स्पष्ट पार्नुभयो ।
सभामुख घर्तीले डा केसीका मागका विषयमा दलसँग छलफल गर्ने समेत आश्वासन दिनुभएको छ । सभामुख भेटका लागि शिक्षण अस्पताल पुग्दा अस्पतालका चिकित्सकशास्त्रका विद्यार्थीले डा केसीले उठाएका माग पूरा गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक