काठमाडौँ, ७ असार । सरकारले अफगानिस्तानमा आतङ्कारीको हमलाबाट निधन भएका नेपालीको शव र घाइते लिन जहाज पठाउने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले ट्विट गर्दै भर्खरै सो कुरा सार्वजनिक गरी त्यसका लागि आवश्यक तयारी भइरहेको जनाउनुभएको छ । नेपाल वायुसेवा निगमका जहाज आजै त्यसतर्फ जाने र बुृधबारसम्म शव र घाइते नेपाल ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ । शव तथा घाइते ल्याउनका लागि आज सो मन्त्रालयमा तीनै सुरक्षा निकाय, निगम, स्वास्थ्य मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायतका उच्च पदाधिकारीको बैठक बसेको थियो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जहाज छिट्टै पठाई अफगानिस्तानबाट शव र घाइते ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । अफगानिस्तानको काबुलमा मङ्गलबार बिहान भएको घटनामा परी १२ नेपालीको ज्यान गएको थियो । सो घटनाप्रति नेपाल सरकारले घोर भत्र्सना र निन्दा गरिसकेको छ । क्यानडाली दूतावासमा कार्यरत उनीहरु त्यसतर्फ मिनीबसमा जाँदै गर्दा मङ्गलबार बिहान ५ः४० बजे आक्रमणकारीको आत्मघाती बम हमलामा परेका थिए ।
घटनामा परेर दिवङ्गत नेपालीको शव स्वदेश ल्याउन तथा घाइतेको उपचार लगायतको व्यवस्था मिलाउन पाकिस्तानस्थित कावा राजदूत त्यसतर्फ पुगिसक्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानमा तीन हजार नेपाली
अफगानिस्तानमा हाल वैधानिक तीन हजार ३२३ नेपाली कामदार कार्यरत छन् । ती कामदार सुरक्षा गार्डका रुपमा श्रम स्वीकृति लिएर संस्थागत रुपमा विभिन्न वैदेशिक रोजगार संस्था मार्फत अफगानिस्तान गएका वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले बताउनुभयो ।
ती बाहेक कतिपय नेपाली व्यक्तिगत रुपमा भारत, पाकिस्तान लगायत मुलुक हुँदै गएको हुन सक्ने बताउँदै उहाँले त्यसको तथ्याङ्क भने विभागसँग नभएको जानकारी दिनुभयो । अवैधानिक रुपमा अफगानिस्तान गएका नेपालीको सङ्ख्या यकिन नभए पनि त्यो सङ्ख्या धेरै हुन सक्ने अनुमान गरिएको छ ।
अफगानिस्तान गएका नेपालीमध्ये कतिपय नेपाल आएर पुनः गएको हुन सक्ने र त्यो सङ्ख्या बढेको देखिने बताउँदै उहाँले वैधानिक रुपमा हालसम्म गएका नेपालीको सङ्ख्या करिब आठ हजार भएको जानकारी दिनुभयो ।
विभागले हालसम्म व्यक्तिगत तवरमा कुनै पनि नेपालीलाई काम गर्नका लागि अफगानिस्तान जान स्वीकृति दिएको छैन । त्यहाँको सरकारको माग अनुसार विभागले विशेष गरी संयुक्त राष्ट्रसङ्घीय एजेन्सी र त्यहाँस्थित कूटनीतिक निकायमा सुरक्षा गार्डका रुपमा पूर्वसैनिक एवम् प्रहरीलाई स्वीकृति दिँदै आएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने