
काठमाडौँ, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षा गार्ड सवार सवारीसाधनलाई लक्षित गरी आज बिहान भएको आत्मघाती आक्रमणप्रति राजनीतिक दलले दुःख व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति प्रकाशित गरी घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । “रोजगारीका लागि अफगानिस्तान पुगेका निर्दोष र निहत्था नेपालीको पाशविक, क्रूर र बर्बर हत्याबाट हामी स्तब्ध भएका छौँ”–विज्ञप्तिमा भनिएको छ ।
काँग्रेसले घटनामा परी मृत्युवरण गरेका नेपालीका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । मृतकको पार्थिव शरीरलाई सक्दो छिटो नेपाल फर्काउन, घाइतेको उपचारको व्यवस्था मिलाउन र मृतक तथा घाइतेका परिवारलाई उचित क्षतिपूर्ति दिन पनि काँग्रेसले सरकारसँग माग गरेको छ ।
घटना मानवताविरुद्धको अपराध भएको भन्दै काँग्रेसले निन्दा र भत्र्सना गरेको छ । नेपाल एवम् अफगानिस्तानले व्यहोर्नु परेको शोकको घडीमा संयमताका साथ एकजुट भएर अघि बढ्न पनि सभापति देउवाले सबैसँग आह्वान गर्नुभएको छ ।
त्यस्तै, नेकपा (एमाले)ले पनि काबुलमा भएको आत्मघाती आक्रमणबाट आफ्नो पार्टी मर्माहत भएको जनाएको छ । एमालेले जुनसुकै नाममा गरिने यस्ता आतङ्ककारी आक्रमणको भत्र्सना गर्दै मानवताविरुद्धका यस्ता अपराधलाई नियन्त्रण गर्न प्रभावकारी कदम चालिनुपर्नेमा जोड दिएको छ । एमालेले यस कायरतापूर्ण आक्रमणमा परी ज्यान गुमाउने सबै नेपाली दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
पार्टीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “मृतकका पार्थिव शरीर आफन्तजनसम्म पुरयाउन, घाइतेको उपचार गर्न र प्रवासमा कार्यरत नेपालीको सुरक्षाका लागि प्रभावकारी कूटनीतिक पहल गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।”
यसैगरी, नेकपा (माओवादी केन्द्र)ले काबुलमा गरिएको आत्मघाती आक्रमणको कडा शब्दमा निन्दा एवम् भत्सर्ना गरेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आज एक विज्ञप्ति प्रकाशित गरी आत्मघाती आक्रमणको विरोध गर्नुभएको छ ।
उहाँले आक्रमणमा परी मृत्यु भएकाप्रति श्रद्धान्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले नेपालीको सुरक्षाको व्यवस्था गर्न र घाइतेको उचित उपचारको पहल गर्नसमेत सरकारसँग माग गर्नुभएको छ ।
फ्रान्सेली दूतावासको सुरक्षा गार्डका रुपमा कार्यरत नेपाली नागरिकमाथि आज बिहान ५.४० बजे गरिएको आत्मघाती आक्रमणमा परी १४ नेपालीको निधन भएको थियो भने पाँच नेपाली घाइते भएका थिए ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ