
म्याड्रिड, ३२ जेठ । विदेशी विकास सहायता रबिन हुड सिद्धान्तमा आधारित छ, अर्थात् धनीसँग लेऊ र गरिबलाई बाँड । विकास संस्थाहरु, बहुपक्षीय संघसंस्थाहरु र गैरसरकारी संस्थाहरुले आजभोलि हरेक वर्ष धनी मुलुकबाट गरिबीमा बाँचिरहेका मुलुकहरुमा १३५ अर्ब डलरभन्दा बढी प्रवाह गरिआएका छन् ।
रबिन हुड सिद्धान्तको अर्को अर्थ “बहुपक्षीय प्राथमिकतावाद” हो, र यो एक किसिमको नैतिक नियम हो जसले हामीले विश्वका जहाँसुकै रहेबसेका भए पनि सबैप्रति समान धारणा राख्नु पर्दछ र बढीभन्दा बढीलाई समेट्नेलाई विशेष ध्यान दिनु पर्दछ भन्ने कुरामा जोड दिन्छ । कम हुनेलाई बढी हुनेले अलि धेरै प्राथमिकता दिनु पर्दछ । यो दर्शनले आर्थिक विकास, स्वास्थ्य र आपतकालीन मानवीय कार्यका सहायतालाई स्पष्ट रुपमा निर्देशित गर्दछ ।
हो, बहुपक्षीय प्राथमिकतावादको पक्कै केही अर्थ छ । गरिब राष्ट्रका मानिसहरुलाई स्रोतसाधनको निकै जरुरी हुन सक्दछ, र मूल्यको स्तर गरिब राष्ट्रमा निकै कम छ, त्यहीकारण एक डलर वा एक युरोले स्रोत मुलुकको भन्दा दुई गुना वा तीन गुनाभन्दा बढी काम गर्नेछ । स्रोत मुलुक खर्चिलो मात्र होइन, यस्तो रकम मुख्यतः धनीहरुकै हातमा पुग्नेछ ।
मैले धेरै वर्षदेखि विश्वव्यापी गरिबी मापन गर्ने बारेमा सोच्दै आएको छु, र प्रयास पनि गरेको छु । तर मैले यो कार्य गर्न सकौंला भन्ने लागेको छैन किनभने प्राप्त तथ्यहरुमा खोट छ ।
विश्वव्यापी गरिबी न्यूनीकरणका सन्दर्भमा निःसन्देह तिव्र प्रगति भएको छ, र यो कार्यमा विदेशबाट प्राप्त सहायता मार्फत भन्दा पनि वृद्धि र विश्वव्यापीकरणबाट बढी योगदान पुगेको छ । विगत ४० वर्षको अवधिमा गरिब मानिसको जनसंख्या दुई अर्बबाट एक अर्बभन्दा मुनि झरेको छ – र यो एउटा उल्लेखनीय प्रगति हो । विश्वको जनसंख्या वृद्धि भएको र विश्वको आर्थिक वृद्धिमा लामो समयदेखि खासगरी सन् २००८ देखिको मन्दीका बाबजूद गरिबी न्यूनीकरणको कार्यमा प्रगति भएको छ ।
स्वागतयोग्य र निकै प्रभावकारी ठहरिएको गरिबी न्यूनीकरण त्यतिकै हासिल भएको होइन । एकपटक गरिबीको दुश्चक्रमा पिल्सिएका धेरै देशलाई उद्धार गरेको विश्वव्यापीकरणले धनी देशका कतिपय मानिसलाई क्षति पु–याएको अनुभव गरिएको छ, किनभने त्यस्ता मुलुकबाट श्रमशक्ति सस्तो रहेका देशमा कलकारखाना र रोजगारी स्थानान्तरित भए । यो क्षतिलाई जायज पनि मान्न सकिन्छ, किनभने आज फाइदा लिनेहरुभन्दा नोक्सानी व्यहोर्नेहरु पहिल्यैदेखि ज्यादै धनी ( र स्वस्थ पनि) थिए ।
चिन्ता र असहजताको मुख्य कारण भनेकै निर्णयकर्ता हामीहरु नै क्षतिको सही मूल्याँकन गर्न तत्पर छैनौं । प्राज्ञिक र विकास उद्योगका क्षेत्रका अध्येता प्रबुद्ध वर्गझैं म पनि विश्वव्यापीकरणबाट सर्वाधिक फाइदा लिनेमध्ये एक हुँ किनभने हाम्रा पितापुर्खाले सोचेभन्दा ठूलो र धनी बजारमा हाम्रा वस्तु र सेवा बिक्री गर्न पाइएको छ ।
खुला बजारबाट फाइदा उठाउन नसक्नेहरुले विश्वव्यापीकरणको विरोध गर्दछन्, र उनीहरु सिर्जित प्रभावबाट प्रताडित हुन्छन् । उदाहरणका लागि, हामीले बुझेका छौं कि कम शिक्षित र न्यून आय भएका अमेरिकीहरुले चार दशकदेखि ज्यादै न्यून कमाइ भएको अनुभूति गरिरहेका छन् । तर विश्वव्यापीकरणबाट यी अमेरिकीहरु कति नराम्रो किसिमबाट दुःख पाइरहेका छन् ? एसियाली मुलुकमै स्थापित कलकारखानामा दिनरात काम गर्ने एसियाली मजदूरहरु के ती अमेरिकीहरुभन्दा राम्रो अवस्थामा छन् ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?