
लन्डन । बेक्स्ली नेपाली समाजको वार्षिक भेला सम्पन्न भएको छ । समाजका अध्यक्ष केस बहादुर गुरुङको अध्यक्षतामा मे १५ तारिख आइतबार भेला आयोजना गरिएको हो ।
उक्त कार्यक्रम सञ्चालन महासचिब आनन्द धरेलले गरेका थिए । प्रमुख अतिथी काउन्सिल मेयर सैबिल केम्सीले शुभकामना मन्तव्य दिंदै नेपाली समुदायको कार्यक्रममा सहभागी हुन पाउंदा खुशी लागेको बताए भने अध्यक्ष केसबहादुर गुरुङले संस्थाका गतिविधिबारे प्रकाश पारे । कार्यक्रममा सल्लाहकार हरिहर उपाध्यायले धन्यवाद ज्ञापन र महासचिब आनन्द धरेलले संस्थाको वार्षिक प्रगति बिबरण सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा प्लमस्टिड भान्जी समूह, शिवराम गुरुङ, उमा गुरुङ र सुस्मा ढुंगानाले सांस्कृतिक कार्यक्रम तथा नाच र दिपक थापा, दिब्यानी शर्मा र खुशी धरेलले गीत गाएर मनोरन्जन प्रदान गरेका थिए ।
कार्यक्रममा मेयर सैबिल केम्सी, अतिथीहरु काउन्सिलर नाइजेल बेट, भाल क्लार्क, च्याट म्यान आन्ड्रियू, छिमेकी काउन्सिल डार्टफोर्ड नेपाली समाजका महासचिव दिपक थापा, रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटीका अध्यक्ष कुमार श्रेष्ठ, गोर्खा टिभीबाट गुण देव घिमिरे आदिको उपस्थिति थियो ।
यस काउन्सिलमा करिब १५० घर परिवार नेपाली बसोबास गर्छन् । अन्त्यमा रात्रीभोज र सामूहिक नाचगानपछि अध्यक्षले कार्यक्रम समापन गरेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा