लन्डन । पोर्चुगलका एकजना चर्चित नेपाली सेफ अन्तर्राष्ट्रिय अवार्डको अन्तिम छनोटमा परेका छन् । इटालियन खानाका सेफ एवं व्यवसायी टंक सापकोटा अन्तर्राष्ट्रिय अवार्ड ‘आरेस्प २०१६’ को सृजनशील व्यवसायी विद्याको अन्तिम छनौटमा परेका हुन् । पोर्चुगल भरिका उत्कृष्ट ७ जना ब्यवसायी मध्येबाट उनी छानिएका हुन् । उक्त अवार्डको अन्तिम निर्णय (जित) अनलाइन भोटिङ प्रक्रियाद्वारा हुने र यो अप्रिल ३० तारिखसम्म खुल्ला रहने भएकाले सापकोटाले आफूलाई समय सिमाभित्र अनलाइन मत दिन सबैमा अपिल गरेका छन् ।
सापकोटालाई मत दिन http://www.premiosahresp.pt/votacao-2016/ मा गएर आफ्नो नाम र इमेल टाइप गर्नुपर्नेछ । त्यसपछि ५ औं विद्यामा गएर सेफ टंक सापकोटामा क्लिक गरि अन्त्यमा भोटारमा क्लिक गर्नुपर्नेछ । भोट विधिवत हुन सबै विद्यामा एक एक जना छान्नु पर्ने सापकोटाले जनाए । समस्त नेपालीको साथ रहे आफू युरोपकै उत्कृष्ट सिर्जनशील व्यवसायी अवार्ड आरेस्प २०१६ बाट सम्मानित हुने आशा सापकोटालाई छ । समाजसेवामा समेत संलग्न सापकोटालाई जिताउन पोर्चुगलवासी नेपालीले अभियान नै शुरु गरेका छन् ।
इटालियन खानामा दक्ष मानिने सापकोटाले यसअघि दर्जनौं राष्ट्रिय अन्तर्राष्ट्रिय पुरुस्कार जितिसकेका छन् । झन्डै डेढ दर्जन भन्दा अधिक राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल सापकोटाले तीनवटा अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गरिसकेका छन् ।
करिब २० वर्ष अघि देखि पोर्चुगलमा बस्दै आएका बाग्लुङ स्थायी घर भएका सापकोटाको लिस्बोनमा आफ्नै कोमो प्रिमा रेष्टुरेन्ट छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त