लन्डन । पोर्चुगलका एकजना चर्चित नेपाली सेफ अन्तर्राष्ट्रिय अवार्डको अन्तिम छनोटमा परेका छन् । इटालियन खानाका सेफ एवं व्यवसायी टंक सापकोटा अन्तर्राष्ट्रिय अवार्ड ‘आरेस्प २०१६’ को सृजनशील व्यवसायी विद्याको अन्तिम छनौटमा परेका हुन् । पोर्चुगल भरिका उत्कृष्ट ७ जना ब्यवसायी मध्येबाट उनी छानिएका हुन् । उक्त अवार्डको अन्तिम निर्णय (जित) अनलाइन भोटिङ प्रक्रियाद्वारा हुने र यो अप्रिल ३० तारिखसम्म खुल्ला रहने भएकाले सापकोटाले आफूलाई समय सिमाभित्र अनलाइन मत दिन सबैमा अपिल गरेका छन् ।
सापकोटालाई मत दिन http://www.premiosahresp.pt/votacao-2016/ मा गएर आफ्नो नाम र इमेल टाइप गर्नुपर्नेछ । त्यसपछि ५ औं विद्यामा गएर सेफ टंक सापकोटामा क्लिक गरि अन्त्यमा भोटारमा क्लिक गर्नुपर्नेछ । भोट विधिवत हुन सबै विद्यामा एक एक जना छान्नु पर्ने सापकोटाले जनाए । समस्त नेपालीको साथ रहे आफू युरोपकै उत्कृष्ट सिर्जनशील व्यवसायी अवार्ड आरेस्प २०१६ बाट सम्मानित हुने आशा सापकोटालाई छ । समाजसेवामा समेत संलग्न सापकोटालाई जिताउन पोर्चुगलवासी नेपालीले अभियान नै शुरु गरेका छन् ।
इटालियन खानामा दक्ष मानिने सापकोटाले यसअघि दर्जनौं राष्ट्रिय अन्तर्राष्ट्रिय पुरुस्कार जितिसकेका छन् । झन्डै डेढ दर्जन भन्दा अधिक राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल सापकोटाले तीनवटा अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गरिसकेका छन् ।
करिब २० वर्ष अघि देखि पोर्चुगलमा बस्दै आएका बाग्लुङ स्थायी घर भएका सापकोटाको लिस्बोनमा आफ्नै कोमो प्रिमा रेष्टुरेन्ट छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा