
पूर्व राष्ट्रपति डा.रामवरण यादव जगत नेपालद्वारा लिखित पहिलो संसद पुस्तक ‘बिपी महेन्द्र टकराब’को विमोचन गर्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ९ वैशाख । पूर्वराष्ट्रपति डा रामवरण यादवले पत्रकार जगत नेपालको ‘पहिलो संसद्ः बिपी–महेन्द्र टकराव’ नामक पुस्तक आज व्यवस्थापिका–संसद् भवनमा आयोजित समारोहमा सार्वजनिक गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनी ‘आफ्नै कुरा’ र ‘सदन, सत्ता र सडकमा नेपाली काँग्रेस’ नामक पुस्तक प्रकाशित गरिसक्नुभएका पत्रकार नेपालको यो तेस्रो कृति हो ।
सो अवसरमा पूर्वराष्ट्रपति डा यादवले इतिहासको एउटा कालखण्डका बारेमा लेखिएको यो पुस्तकले वर्तमानको विश्लेषण र भविक्ष्का लागि मार्गनिर्देश गरेको बताउनुभयो ।
उहाँले राष्ट्र, राष्ट्रियता र देशभक्तिका बारेमा जतिकुरा गरे पनि सबै समुदायलाई संविधानमा समेट्न नसकिएको उल्लेख गर्नुभयो । डा यादवले भन्नुभयो– “मधेस र पहाडलाई जोडेर अघि बढ्नसके हामी वास्तविक राष्ट्रवादी बन्न सक्छाँै, यो पनि इतिहासको एउटा कालखण्ड हो ।”
उहाँले मधेसको समस्या समाधान नहुनु पीडा भए पनि तीन करोड नेपालीको भावनाबमोजिम यो संविधान जारी गरेको बताउनुभयो ।
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जनताको भावनाअनुसार संविधान संशोधन गर्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो– “छिमेकी मुलुक भारतले जारी गरेको संविधान १२२ पटक संशोधन गरिसकेर पनि जनभावना समेट्न अझ प्रयत्न गर्दै छ भने हामीले पाँच वर्ष आठ महिना लगाएर बनाएको संविधान एकपटक मात्र संशोधन भएको छ । यसलाई समयसापेक्ष बनाउँदै लैजान सकिन्छ ।”
पहिलो संसद् एकपटक आधा घन्टाका लागि बहिस्कार भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो– “लामो समयसम्म संसद् बहिस्कार हुनु राम्रो होइन, हिजो नेकपा एमाले, नेपाली काँग्रेस, एमाओवादी लगायतले संसद् अवरुद्ध गर्न जे–जस्तो गरे त्यो बेठीक भयो ।”
अर्का पूर्वसभामुख दमननाथ ढुङ्गानाले बिपीको कूटनीतिक पक्ष राम्रो भएको भन्दै उहाँको राजनीतिक कलाको प्रशांसा समेत गर्नुभयो ।
उहाँले राजतन्त्रको जरा अझै विद्यमान रहेकाले हामी सुरक्षित छाँै भन्न नसकिनेतर्फ पुस्तकले सङ्केत गरेको र विगतका अन्दोलनमा जनताको त्यागलाई वर्तमान संविधानले समेट्न नसकेको उल्लेख गर्नुभयो ।
प्राध्यापक लोकराज बरालले पृथ्वीनारायण शाहदेखि अहिलेसम्म आइपुग्दा नेपालको इतिहास कुनै तार्किक दृष्टिले अघि नबढी एक ठाउँबाट अर्को ठाउँमा उफ्रेर फड्को मारेको टिप्पणी गर्नुभयो ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा