काठमाडाँै, ४ वैशाख । भूकम्पपछिको पुनःनिर्माण तथा पुनःस्थापना प्रक्रियाबारे जानकारी लिने उद्देश्यले संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को)का महानिर्देशक इरिना बाकोभा नेपालको तीन दिने औपचारिक भ्रमणमा आइतबार यहाँ आउँदै हुनुहुन्छ ।
भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको यहाँस्थित युनेस्कोको कार्यालयले जनाएको छ ।
महानिर्देशक बाकोभाले युनेस्कोद्वारा सञ्चालित परियोजनास्थलको अवलोकन गर्नुका साथै लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
शिक्षा, विज्ञान, संस्कृति र सूचनाको माध्यमबाट राष्ट्र–राष्ट्रबीच सहयोग एवम् समझदारी प्रवद्र्धन गर्ने उद्देश्यले सन् १९४५ स्थापना भएको युनेस्कोको नेपालले सन् १९५२ मा सदस्यता प्राप्त गरेको हो । सन् १९९८ देखि नेपालमा युनेस्कोले कार्यालय स्थापना गरेर शिक्षा, विज्ञान, संस्कृति र सूचनाको क्षेत्रमा काम गर्दै आएको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?