काठमाडाँै, ४ वैशाख । भूकम्पपछिको पुनःनिर्माण तथा पुनःस्थापना प्रक्रियाबारे जानकारी लिने उद्देश्यले संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को)का महानिर्देशक इरिना बाकोभा नेपालको तीन दिने औपचारिक भ्रमणमा आइतबार यहाँ आउँदै हुनुहुन्छ ।
भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको यहाँस्थित युनेस्कोको कार्यालयले जनाएको छ ।
महानिर्देशक बाकोभाले युनेस्कोद्वारा सञ्चालित परियोजनास्थलको अवलोकन गर्नुका साथै लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
शिक्षा, विज्ञान, संस्कृति र सूचनाको माध्यमबाट राष्ट्र–राष्ट्रबीच सहयोग एवम् समझदारी प्रवद्र्धन गर्ने उद्देश्यले सन् १९४५ स्थापना भएको युनेस्कोको नेपालले सन् १९५२ मा सदस्यता प्राप्त गरेको हो । सन् १९९८ देखि नेपालमा युनेस्कोले कार्यालय स्थापना गरेर शिक्षा, विज्ञान, संस्कृति र सूचनाको क्षेत्रमा काम गर्दै आएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?