
लण्डन । सोसाइटी अफ हाइली स्किल्ड प्रोफेसनल युकेको नयाँ कार्यसमिति चयन भएको छ ।
साउथ इष्ट लण्डनको वेलिङमा यसै सप्ताहन्तमा आयोजना गरिएको कार्यक्रममा सोसोइटीका सदस्यहरुले नेपाली नयाँ वर्षका साथमा नयाँ कार्यसमिति चयन गरेका हुन् ।
नयाँ समितिको अध्यक्षमा डा. तेजन्द्र फेराली, उपाध्यक्षमा दीप गिरी, सचिवमा लेखनाथ खरेल, सहसचिवमा श्रीमती शर्मिला न्यौपाने, कोषाध्यक्षमा रामकृष्ण अधिकारी, सदस्यहरुमा नारायण साह, सूर्य तामाङ्ग , शंकर चौधरी, पविना दाहाल, तिर्थराज पौडेल र नेप्लिज यूथ नेटवर्कका प्रतिनिधि आशिष तिम्सिना रहेका छन् ।
समितिको कार्यकाल दुई वर्षको रहने छ ।
नयाँ कार्यसमिति चयन गर्न अर्कराज तिम्सिनाको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको थियो । तिम्सिनाले पाँचौं कार्यकारिणी समितिका लागि सबै पद निर्विरोध चयन भएको घोषणा गर्दै प्रमाण पत्र वितरण तथा गोपनियताको शपथ ख्वाएका थिए ।
निवर्तमान अध्यक्ष नारायण भट्टराईले नयाँ कार्यसमितिलाई बधाई दिँदै समितिले अझ राम्रो काम गरोस् भन्दै शुभकामना ब्यक्त गरे । नवनिर्वाचित अध्यक्ष डा. फेरालीले प्रोफेसनलहरुको संस्थाकाे नेतृत्व गर्न पाएकोमा गौरव लागेको र आगामी दिनमा युवा पिंढीलाई अझ शसक्त रुपमा अगाडि बढाउने, सीपमूलक र नयाँ अवसरहरुको पहिचान गर्दै संस्थागत विकास तथा सदस्यहरुको उन्नतिमा जुटने प्रतिवद्धता ब्यक्त गरे ।
निवर्तमान अध्यक्षले आफ्नाे कार्यसमितिका सबै सदस्य, सल्लाहकार एवं निजका श्रीमती र श्रीमानलाई विदाई उपहार प्रदान गरेका थिए ।
दिनेश पौडयाल र विष्णु न्यौपानेले संयुक्तरुपमा संचालन गरेको कार्यक्रम दुई भागमा बाँडिएको थियो । उपाध्यक्ष विमल अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने संस्थालाई महत्वपूर्ण योगदान दिने सदस्यहरुलाई प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
त्यसैगरी सोसाइटीका सदस्यका छोराछोरीलाई अध्ययनमा प्रोत्साहित गर्न सर्वोत्कृष्ट प्रमाणपत्र वितरण गरिएको थियो । यसरी प्रमाणपत्र पाउनेहरुमा अभ्यास गिरी, एलिसन तिम्सिना, एन्जेला बज्राचार्य, अपेक्षा न्यौपाने, आशिष तिम्सिना, दीक्षान्त कोइराला, एलिना अधिकारी, निविदिता गौतम, निहारिका सापकोटा, निकिता खरेल, निश्चल सेन, पुकार दाहाल, राजिभ भण्डारी, रुपा अधिकारी, सहिल कैनी, शैलेस घिमिरे, शिखा न्यौपाने, श्रेया कैनी, श्रीजा न्यौपाने, सिमरन घिमिरे, सुवास पौडयाल, सजन बज्राचार्य र तृशा प्रधान थिए । सोसाइटीले चार वर्षदेखि यस्तो सम्मान गर्दै आएकोमा यो वर्षबाट उच्च शिक्षा अध्ययन पूरा गर्ने संस्थाका सदस्यहरु समेतलाई प्रमाणपत्र प्रदान गर्न थालेको छ ।
यस्तै नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले नेप्लिज यूथ नेटवर्कको सहकार्यमा प्रथम पटक प्रकाशित स्मारिका अध्यक्ष भट्टराई, डाटफोर्ड बरो काउन्सिलका काउन्सिलर डा. बच्चु कैलाश कैनी र नेप्लिज युथ नेटवर्कका प्रतिनिधिहरुले संयुक्त रुपमा विमाेचन गरेका थिए ।
करिब नौ वर्षअघि दक्षिण पूर्वि लण्डनको प्लमस्टेडमा गठन गरिएको सोसाइटी अहिले युकेको नेपाली समुदायमा अलग परिचय बनाउन सफल भएको छ । साेसाइटीले गतवर्ष नेपालमा गएकाे भुकम्पका बेलामा नेपाली दुताबास लण्डनमा हेल्पडेस्क स्थापना गर्न भूमिका खेलेकाे थियाे ।
कार्यक्रमको दोश्रो चरण नयाँ वर्ष २०७३ को अवसरमा साँस्कृतिक कार्यक्रम गरी मनाइएको थियो । कलाकार गायक दिपक थापाले नेपाली राष्ट्रिय गीत कार्यक्रमको थालनी गरेका थिए । कवि विनोद न्यौपाने, ललित न्यौपाने र सोहन घिमिरेले कविता वाचन गरेका थिए भने अपेक्षा न्यौपाने, स्वीकृत वाग्ले, मनस्वी भट्टराई, निकिता खरेल, महिमा पराजुली लगायतले भरपूर मनोरञ्जन गराएका थिए । डिजे अनुपले सबैलाई नचाएर नयाँ वर्षको माहौल तताएका थिए ।
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति