
काठमाडौँ, २८ चैत । नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीशमा सुशीला कार्कीले नयाँ कीर्तिमान राख्नुभएको छ ।
नेपालको सर्वोच्च अदालतको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बन्ने अहोभाग्य सर्वोच्च अदालतका वरिष्ठतम न्यायधीश कार्कीलाई प्राप्त भएको हो ।
संवैधानिक परिषद्को आज साँझ बालुवाटारमा बसेको बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गरेको हो । बिरामी भएका कारण समाभुख ओनसरी घर्ती सुमेरु अस्पतामा उपचार गराइरहनुभएको कारण बैठकमा उपस्थिति हुन सक्नुभएन । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ यही चैत मसान्तबाट उमेद हद ९६५ वर्ष० का कारण अवकाश हुनुहुने भएपछि क्षमता र योग्यताको आधारमा कार्की प्रधानन्यायाधीश बन्न सफल हुनुभएको हो ।
प्रधानन्यायाधीश कार्कीको जन्म २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो । उहाँले महेन्द्र मोरङ कलेज बिराटनगरबाट २०२८ बिए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गर्नुभएको थियो । त्यतिबेलासम्म उहाँले कानुनलाई कर्म क्षेत्र बनाउने विषयमा केही सोच्नुभएको थिएन । उहाँले २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक ९बिएल० गरी कानुनी यात्रा सुरु गर्नुभयो ।
अधिवक्ता भएर कानुनलाई कर्मको रुपमा कार्कीले २०३५ साल चैत्र १६ गतेदेखि सुरु गर्नुभयो । उहाँले तीन वर्ष ९२०४२–२०४६० महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गर्नुभयो । २०४५ सालदेखि २०४७ सालसम्म कार्कीले कोसी अञ्चल बारको अध्यक्षको जिम्मेवारी लिँदै २०५९ सालदेखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बन्नुभयो ।
त्यस्तै, २०६१ पुस ५ गते कार्की वरिष्ठ अधिवक्ता बन्नुभयो । त्यस्तै, २०६५ माघ ९ गते उहाँ सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त हुनुभयो । २०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बन्नुभयो । वरिष्ठतम न्यायाधीश हुँदै उहाँ प्रधानन्यायाधीश बन्न सफल हुनुभएको हो ।
संयुक्त राज्य अमेरिका, बेलायत, श्रीलङ्का, जापान, चीन, भारत, तान्जिनिया र नेदरल्याण्डलगायत देशको भ्रमण गरिसक्नुभएकी कार्की नेपाली, अङ्ग्रेजी र हिन्दीमा भाषामा निपुण हुनुहुन्छ ।
प्रधानन्यायाधीश कार्कीले तीन दशकभन्दा बढी वकालत क्षेत्रमा काम गर्नुभयो भने सात वर्ष सर्वोच्च अदालतको न्यायाधीश भएर काम गर्नुभयो ।
निडर स्वाभाव र सरल जीवनशैली अपनाउनुभएकी कार्कीले न्याय क्षेत्रमा स्वच्छ छवि बनाउनुभएको छ । उहाँले प्रधानन्यायाधीशका रुपमा १४ महिना काम गर्नुहुनेछ । संसदीय सुनुवाइ समिति गठन भइनसकेकाले उहाँ कामु प्रधानन्यायाधीशको रुपमा वैशाख १ गतेबाट सुरु गर्नुहुनेछ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै