
काठमाडौँ, २८ चैत । नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीशमा सुशीला कार्कीले नयाँ कीर्तिमान राख्नुभएको छ ।
नेपालको सर्वोच्च अदालतको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बन्ने अहोभाग्य सर्वोच्च अदालतका वरिष्ठतम न्यायधीश कार्कीलाई प्राप्त भएको हो ।
संवैधानिक परिषद्को आज साँझ बालुवाटारमा बसेको बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गरेको हो । बिरामी भएका कारण समाभुख ओनसरी घर्ती सुमेरु अस्पतामा उपचार गराइरहनुभएको कारण बैठकमा उपस्थिति हुन सक्नुभएन । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ यही चैत मसान्तबाट उमेद हद ९६५ वर्ष० का कारण अवकाश हुनुहुने भएपछि क्षमता र योग्यताको आधारमा कार्की प्रधानन्यायाधीश बन्न सफल हुनुभएको हो ।
प्रधानन्यायाधीश कार्कीको जन्म २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो । उहाँले महेन्द्र मोरङ कलेज बिराटनगरबाट २०२८ बिए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गर्नुभएको थियो । त्यतिबेलासम्म उहाँले कानुनलाई कर्म क्षेत्र बनाउने विषयमा केही सोच्नुभएको थिएन । उहाँले २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक ९बिएल० गरी कानुनी यात्रा सुरु गर्नुभयो ।
अधिवक्ता भएर कानुनलाई कर्मको रुपमा कार्कीले २०३५ साल चैत्र १६ गतेदेखि सुरु गर्नुभयो । उहाँले तीन वर्ष ९२०४२–२०४६० महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गर्नुभयो । २०४५ सालदेखि २०४७ सालसम्म कार्कीले कोसी अञ्चल बारको अध्यक्षको जिम्मेवारी लिँदै २०५९ सालदेखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बन्नुभयो ।
त्यस्तै, २०६१ पुस ५ गते कार्की वरिष्ठ अधिवक्ता बन्नुभयो । त्यस्तै, २०६५ माघ ९ गते उहाँ सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त हुनुभयो । २०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बन्नुभयो । वरिष्ठतम न्यायाधीश हुँदै उहाँ प्रधानन्यायाधीश बन्न सफल हुनुभएको हो ।
संयुक्त राज्य अमेरिका, बेलायत, श्रीलङ्का, जापान, चीन, भारत, तान्जिनिया र नेदरल्याण्डलगायत देशको भ्रमण गरिसक्नुभएकी कार्की नेपाली, अङ्ग्रेजी र हिन्दीमा भाषामा निपुण हुनुहुन्छ ।
प्रधानन्यायाधीश कार्कीले तीन दशकभन्दा बढी वकालत क्षेत्रमा काम गर्नुभयो भने सात वर्ष सर्वोच्च अदालतको न्यायाधीश भएर काम गर्नुभयो ।
निडर स्वाभाव र सरल जीवनशैली अपनाउनुभएकी कार्कीले न्याय क्षेत्रमा स्वच्छ छवि बनाउनुभएको छ । उहाँले प्रधानन्यायाधीशका रुपमा १४ महिना काम गर्नुहुनेछ । संसदीय सुनुवाइ समिति गठन भइनसकेकाले उहाँ कामु प्रधानन्यायाधीशको रुपमा वैशाख १ गतेबाट सुरु गर्नुहुनेछ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]