
लन्डन । मेडस्टोनमा रहेका गोर्खाहरु भूकम्पपछि क्षतिग्रस्त नेपालको गाउं बनाउन व्यस्त छन् ।
क्वीन्स् गोर्खा इन्जिनियर (क्वीजिइ) आवद्ध करिब ९० गोर्खाहरु पुनर्निर्माणमा लागेका हुन् । ७० गोर्खा फिल्ड स्क्वाड्रोन, ३६ इन्जिनियर रेजिमेन्ट गत अक्टोबरदेखि नै नेपालको ग्रामीण वस्तीमा आवास निर्माणमा लागिरहेको थियो ।
जिरी, नेत्रकाली, जौबारी र पाचोकमा गोर्खाहरुले ६ वटा विद्यालय भवनका २५ कोठा, दुई सामुदायिक भवन, गोर्खा वेलफेयर स्किम कर्मचारीका लागि आवास गृह र अवकासप्राप्त भूपू गोर्खाका लागि चारवटा भूकम्प प्रतिरोधी घर निर्माण गरिसकेका छन् । स्क्वाड्रोन गत फेब्रुअरी अन्तिममा आफ्नो बेस इन्भिक्टा पार्क ब्यारेक्स्, मेडस्टोन फर्किसकेको छ र उनीहरुको ठाउंमा ६९ गोर्खा फिल्ड स्क्वाड्रोन खटिएको छ ।
मर्मत २ अपरेशनका लागि उनीहरुलाई खटाइएको केन्ट न्यूजले जनाएको छ । उनीहरुले सेवारत गोर्खा र भूपू गोर्खाका भत्किएका घर, ग्रामीण भेगका विद्यालय, सामुदायिक भवन बनाइरहेका छन् ।
भूकम्प लगत्तै उद्दार तथा राहत वितरणमा खटाइएका ति गोर्खालाई पछि निर्माणतिर लगाइएको हो । गोर्खा वेलफेयर ट्रष्ट नामक च्यारिटीको गोर्खा वेलफेयर स्किम अन्तर्गत उनीहरु पुनर्निर्माणमा सक्रिय भएका हुन् ।
कमान्डिङ अफिसर मेजर क्रिस एलवर्दी (एमबीइ) ले आफूहरुले धेरै चुनौती सामना गर्नु परेपनि नेपालको पुनर्निर्माणमा सहभागी हुन पाउनु गौरवको विषय भएको बताए ।
स्टाफ सार्जेन्ट बीरेन्द्र काङबाङ (४१) टेन्टभित्र बसेर जाडोमा काम गर्दा ज्यादै कष्ट भएको अनुभव सुनाउंछन् । उनले आफूले सिकेको सीप र प्रयोग गरिने सामाग्री नेपालको ग्रामीण भेगमा विल्कुलै फरक र कठिनाइपूर्ण भएको पनि बताए ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]