काठमाडौँ, ८ चैत । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यही चैत १४ गते मलेसिया (यु–२२)सँग हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योउतोकु कोजीले २३ सदस्यीय टोलीको नामावली सार्वजनिक गर्नुभएको हो ।
केही महिना अघि भारतमा सम्पन्न सागमा स्वर्ण पदक जितेका खेलाडीको बाहुल्यता भएको टोलीमा तीन गोलकिपर, नौ डिफेन्डर, छ मिडफिल्डर र पाँच फरवार्ड छन् । गोलकिपरमा विकेश कुथू, विशाल श्रेष्ठ र किरणकुमार लिम्बु छन् भने डिफेन्डरमा विजय धिमाल, विराज महर्जन, देवेन्द्र तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ, मनबहादुर तामाङ, रविन श्रेष्ठ र रन्जित धिमाल छन् । त्यस्तै, मिडफिल्डरमा विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ र सुनिल बल समावेश छन् भने ‘फरवार्ड लाइन’ भरत खवास, विश्वास श्रेष्ठ, नवगुग श्रेष्ठ, रन्जन विष्ट र सुमन लामाले सम्हाल्ने छन् ।
अघिल्लो महिनामात्र नेपाली टोलीको जिम्मेवारी पाएका जापानी पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका प्रशिक्षक कोजीले नेपालको फुटबल विकासका लागि सकेको सहयोग गर्न आएको बताउनुभयो । उहाँले फुटबलमा ‘नेपाली मोडेल’ स्थापित गराएर दक्षिण पूर्वी एसियास्तरमा पुरयाउने लक्ष्य रहेको बताउँदै भन्नुभयो, “नेपालमा धेरै सिप र क्षमता भएका खेलाडी रहेछन् । म सबै खेलाडीलाई परीक्षण गर्दै फुटबलमा ‘नेपाली मोडेल’ स्थापित गराउन चाहन्छु ।”
एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले एन्फाको सन् २०१६ भर प्रतिस्पर्धात्मक प्रतियोगिता नभएकाले टोलीलाई व्यस्त राख्न आफूहरुले मैत्रीपूर्ण खेलको अवधारणा ल्याएको बताउनुभयो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह