जर्मनीमा बसेका नेपाली नागरिक किरण खड्काले आफ्नो स्व छोरा जनक खड्काको स्मृतिमा स्थापना गरेको अक्षयकोषबाट सो छात्रवृत्ति प्रदान गरिएको हो ।
कार्यक्रममा अरनिको उमावि स्रोत केन्द्रअन्तर्गतका विभिन्न विद्यालयका १४ जनामध्ये कक्षा ५ सम्मका नौ जना छात्रछात्रालाई प्रतिव्यक्ति रु ७००, कक्षा ६ देखि ९ सम्मका ४ जनालाई प्रतिव्यक्ति रु एक हजार र कक्षा १० का एक जनालाई रु एक हजार ५०० का दरले छात्रवृृत्ति रकम एवम् स्टेसनरी सामग्री प्रदान गरिएको थियो ।
त्यस्तै कक्षा ६ देखि १२ सम्मका ४९ जनामध्ये कक्षा ६ र ७ का १४ जनालाई जनही रु एक हजार २००, कक्षा ८ देखि ९ सम्मका नौ जनालाई जनही रु एक हजार ५००, कक्षा १० का छ जनालाई जनही रु दुई हजार ५०० र कक्षा ११ र कक्षा १२ का २० जना छात्रछात्रालाई जनही रु चार हजार छात्रवृत्ति र स्टेसनरी सामग्री प्रदान गरिएको थियो । अक्षयकोषबाट यसवर्ष कूल रु एक लाख ३१ हजार १०० को छात्रवृत्ति रकम एवम् रु ३५ हजार बराबरको स्टेसनरी एवम् खेलकुद सामग्री प्रदान गर्नुभएको हो ।
कार्यक्रममा जनकका पिता किरण खड्काले धादिङ घरभई काठमाडौँका बस्दै आएका कक्षा ८ मा अध्ययनरत रोशन लामालाई वार्षिक रु ३५ हजार अध्ययन खर्च दिने र लामाको पढाइ पूरा नभएसम्म पढाइदिने घोषणा गर्नुभएको छ ।
हाल रु २६ लाख ६९ हजार रहेको अक्षयकोषको रकम हरेक वर्ष बढाउँदै लैजाने र अन्य विद्यार्थीलाई पनि छात्रवृत्ति दिने एवम् सरकारी विद्यालयमा खानेपानी, शौचालय निर्माणलगायत कार्य गर्ने उहाँले घोषणा गर्नुभयो ।
कार्यक्रममा अक्षयकोषका अध्यक्ष सानुबाबु खड्का, विद्यालयका निमित्त प्रधानाध्यापक हरिशरण ढुड्गेल, समाजसेवी कृष्णमुुरारी न्यौपानेलगायतले छात्रवृत्तिले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा निकै टेवा पुगेको चर्चा गर्नुभयो । रासस
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार