
वासिङ्टन, ५ चैत । अमेरिकी विदेशमन्त्री जोन केरीले उत्तर कोरियाद्वारा पछिल्लो समयमा जारी राखेको क्षेप्यास्त्र परीक्षणका क्रियाकलापहरु अमेरिकाले नजिकबाट नियालीरहेको जानकारी दिनुभएको छ ।
उहाँले उत्तर कोरियाले उत्तेजक मात्रामा आफ्ना क्रियाकलामहरु अघि बढाइरहेको भन्दै यसले उसलाई कुनै पनि हालतमा फाइदा नपुरयाउने धारणा पनि राख्नुभयो ।
उहाँले क्षेप्यास्त्र परीक्षणको काम तत्कालै रोक्न र संयमता अपनाउन अमेरिकाले बारम्बर गर्ने गरेको आग्रहको उत्तर कोरियाले बेवास्ता गर्ने गरेको पनि बताउनुभयो ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुधबार उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको सूचना जारी गरेको भोलिपल्ट उहाँको यो भनाई आएको छ ।
उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उत्तर कोरियाले अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । उत्तर कोरियाले बिहीबारमात्र यस्तो क्षेप्यास्त्र परीक्षण गरेको जानकारी दिइएको थियो ।
बिहीबार बिहानै गरिएको यस्तो क्षेप्यास्त्र मध्यम दुरीको भएको बताइएको छ । यस क्षेप्यास्त्र समुद्रमा खस्नुभन्दा अघि कम्तीमा पनि ८०० किलोमीटर लामो यात्रा गरेको थियो ।
योनहाप समाचार समितिले दिएको जानकारीअनुसार सो क्षेप्यास्त्र बिहीबार उत्तर कोरियाको पूर्वी भूभागलाई लक्ष्य गरेर गरिएको थियो र मध्यमदुरीको यात्रापछि सो क्षेप्यास्त्र पानीमा खसेको थियो ।
तर यस विषयमा उत्तर कोरियाको प्रतिक्रिया भने केही आएको छैन । यस अगावै बुधबारै अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको घोषणा गर्नुभएको ह्वाइटहाउसले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
अमेरिकी विदेशमन्त्री केरीले यसका विरुद्धमा अमेरिका र उसका सहयोगी राष्ट्रहरु लागिपरेको भन्दै उत्तरलाई दबाब दिने काम नरोकिने र दक्षिण कोरिया, अमेरिका र जापानको संयुक्त सहकार्य जारी नै रहेको पनि बताउनुभयो ।
गत दुई हप्तामात्र अघि संयुक्त राष्ट्रसङ्घले उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको थियो । उक्त नाकाबन्दीपछि पनि उत्तर कोरियाले थप शक्तिशाली आणविक परीक्षण गर्ने चेतावानी दिएको थियो ।
लामो दूरीको रकेट परीक्षणपछि सबैभन्दा बढी विरोध गर्ने दुई राष्ट्र दक्षिण कोरिया र अमेरिका हुन् । यी दुई देशले पनि उसका विरुद्धमा नाकाबन्दी घोषणा गरेका छन् ।
सो नाकाबन्दी अहिलेसम्मकै सबैभन्दा कडा भएको भनिएकोले उत्तर कोरियाले त्यसको व्यापक मात्रामा विरोध गरेको छ । साथै उसले आफूलाई आणविक परीक्षण गर्ने कामबाट कसैले पनि रोक्न नसक्ने चेतावानी दिदै आएको छ ।
ह्वाइटहाउसले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा अमेरिकाले लगाएको यो पछिल्लो नाकाबन्दीले उत्तर कोरियाको ऊर्जा, खानी क्षेत्र एवम् वित्तीय क्षेत्रमा पनि नकारात्मक असर पार्नेछ । बैंकिङ तथा वित्तीय क्षेत्रमा पनि यसको असर पर्ने एक अर्को समाचारमा बताइएको छ ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग