मस्को, ३ चैत । बुधबार थप रसियाली युद्धक विमानले सिरिया छोडेका छन् । रसियाले सिरियाबाट आफ्नो सेना हटाउने निर्णय गरेसँगै थप विमानले सिरिया छोड्न लागेका हुन् ।
उता अमेरिकी विदेशमन्त्री जोन केरीले रसिया भ्रमणको कार्यक्रम तय गर्नुभएको समाचार छ । त्यस अगावै रसियाले पनि आफ्ना युद्धक विमान फिर्ता गर्ने भएको बताइएको छ ।
रसियासँग सिरियाको युद्धका बारेमा वार्तागर्ने उद्देश्यका साथ उहाँले रसियाको भ्रमण गर्न लाग्नुभएको हो । रसियाली विदेशमन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको बताइएको छ ।
प्राप्त समाचारअनुसार सिरियाली विभिन्न नगरमा रहेका केही युद्धक विमान बुधबार पनि फिर्ता भएका हुन् । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबारदेखि रसियाली सेनाले सिरिया छोड्ने घोषणा गर्नुभएको थियो ।
रसियाली सेनाले सिरिया छोड्दा जेनेभामा हुन लागेको शान्ति वार्तालाई सहयोग पुग्ने अनुमानका आधारमा सो निर्णय गरिएको बताइएको हो ।
सिरियाका लागि राष्ट्रसंघीय विशेष दूत स्टेफेन डि मिस्तुराले रसियाले सिरियाबाट आफ्ना सेना फिर्ता लानु भनेको जेनेभा वार्ताका पक्षमा भएको एक महत्वपूर्ण प्रगति हो भन्नुभयो ।
सिरियामा शान्ति स्थापनाका लागि सुरु भएको जेनेभा शान्ति वार्ताकै क्रममा सोमबार अमेरिकी राष्ट्रपति बाराक ओबामा र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच पनि टेलिफोन सम्वाद भएको थियो ।
उहाँहरुबीच सिरियाबाट रसियाली सेना हटाउने तथा सिरियामा शान्ति स्थापनाका लागि सुरु भएको जेनेभा वार्ताका बारेमा पनि कुराकानी भएको बताइएको छ ।
वार्तामा सिरियामा जारी रहेको रसियाली सैनिकको गस्ती एवम् उपस्थिति नराखिने र रसियाली सेना त्यहाँबाट हटाउने बारेमा कुराकानी भएको थियो ।
वार्ताका लागि सिरियाली विपक्षीहरुका तर्फबाट भने राष्ट्रपति बसर अल असदले कुनै पनि हालतमा सत्ता छोड्पर्ने अडान अघि सारिएको छ । असदले सत्ता छोड्ने शर्तमा मात्र सिरियाली विपक्षीले वार्तामा बस्ने जनाउँदै आएका छन् ।
सरियामा सन् २०११ बाट सुरु भएको द्वन्द्वमा परी दुई लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएपछि यो द्वन्द्व अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब पनि परेको छ ।
जारी द्वन्द्वमा मारिएकामध्ये करिब ८० हजार सर्वसाधारण रहेका छन् । तीमध्ये पनि १३ हजार पाँच सय भने बालबालिकाको सङ्ख्या रहेको छ ।
गएको सेप्टेम्बर महिनाबाट सिरियामा रसियाले सैनिक कारबाही सुरु गरेको हो । यस हमलापछि अमेरिकाले पनि सिरियामा हवाई कारबाही थालेको थियो । तर यतिखेर भने सिरियामा युद्धविराम रहेको छ ।
सरियाको जनसङ्ख्याको कम्तीमा पनि ५० प्रतिशत जनता विस्थापित हुनु परेको र यस मध्यपूर्वी देशलाई निकै ठूलो जनधनको क्षति पुरयाएको यस द्वन्द्वको अन्त्यका लागि सुरु भएको यस वार्ताको पछिल्लो प्रगतिका बारेमा भने केही बताइएको छैन ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम