लन्डन । ब्रिटिश भेट्रानहरुले भूपू गोर्खा आन्दोलनमा साथ दिने भएका छन् । आफ्नो समान हक अधिकारका लागि अब निर्णायक आन्दोलन गर्ने जनाउंदै आएका भूपू गोर्खाहरुलाई साथ दिंदै ब्रिटिश भेट्रानहरुले आगामी २५ मार्चका दिन बेलायती प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेका छन् ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले उक्त दिन बेलायती रक्षा मन्त्रालय (एमओडी) भवन पछाडि बिहान १०.४५ बजे उपस्थित भई कार्यक्रम अझ सशक्त र सफल बनाइदिन आग्रह गरेको छ ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति बेलायत÷नेपालका कार्यवहाक संयोजक सूर्य नेम्बाङले ब्रिटिस भेट्रानहरु आफ्ना समकक्षी गोर्खाहरुको समानता, न्याय र अधिकारका लागि अग्रसर भइरहंदा गोर्खाहरुले समेत त्यसमा साथ दिन जरुरी रहेको औंल्याए ।
समितिका निर्देशक ज्ञानराज राईले बेलायत सरकारले २४ अप्रिलसम्म आफ्ना मागबारे केही ‘रेस्पोन्स’ नगरे त्यसैदिन देखि आमरण अनसन थालिने र भावी संघर्षका कार्यक्रममा ब्रिटिश भेट्रानहरुले पनि साथ दिने वचन दिएको जनाएका छन् ।
समितिका संयोजक कृष्ण राई नेतृत्वको एउटा टोली अहिले नेपालमा आन्दोलनबारे सरकारी अधिकारीहरुलाई जानकारी दिन व्यस्त छ । टोलीले कानुन तथा न्याय मन्त्री अग्नी खरेलसंग बुधवार छलफल गरेको समितिले जनाएको छ ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान