मंगलबार, कार्तिक ११ २०७७ | Tue, October 27, 2020
नेपालको समय: १८:३५ | UK Time: 12:50

अन्तर्राष्ट्रिय गोल्डकप चैत्र १८ देखि

वीनेपाली
२०७२ फागुन २९ गते १०:४१

काँकडभिट्टा (झापा), २९ फागुन । मोफसलकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप झापामा हुने भएको छ ।

चैत १८ गतेदेखि सुरु हुने खेलको पुरस्कार राशि रु ६ लाख रहेको छ । चैत २७ गतेसम्म विर्तामोडस्थित डोमालाल रङ्गशालामा हुने गोल्डकपमा नेपालका तीनवटा विभागीय टिम र अन्तर्राष्ट्रिय चारसहित १० टिमको सहभागिता रहने मूल आयोजक समितिका अध्यक्ष होम पाण्डेले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

प्रतियोगितामा विजयी हुने टोलीले रु ६ लाखसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्, भने उपविजेताले नगद रु तीन लाख पाउने बताइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न रु ५५ लाख खर्च हुने अनुमान गरिएको आयोजक समितिका महासचिव गणेश पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक