
बेइजिङ (चीन), २५ फागुन । चिनियाँ जोडीले चाहेजति सन्तान जन्माउन दिने कानुन बनाउने सरकारको योजना तत्कालै नभएको चीनका स्वास्थ्य अधिकारीले मङ्गलबार जनाएका छन् ।
चीनले एक बच्चा नीतिमा परिवर्तन गर्दै सन् २०१६ को जनवरी १६ देखि एक जोडीले दुई सन्तान जन्माउन चाहेमा यसलाई कानुनी रुपमा कुनै व्यवधान सिर्जना नगरिने गरी व्यवस्था गरेको छ ।
यसअघि चीनको शहरी इलाकामा बसोबास गर्ने हरेक जोडीले एक बच्चाभन्दा बढी बच्चा जन्माउन नपाउने ब्यबस्था गर्दै आइएको थियो ।
पछिल्लो समय चीनको एक बच्चा नीतिका कारण यहाँको जनसङ्ख्यामा अनपेक्षित रुपमा कमी हुन थालेपछि दीर्घकालीन असरबारे विचार गर्दै दुई बच्चा जन्माउन पाउने कानुनको व्यवस्था गरेको हो ।
गएको वर्षको अन्त्यसम्म चीनको जनसङ्ख्या एक अर्ब ३७ करोड ५० लाख पुगेको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगका निर्देशक ली बिनले बताए ।
हामीले परिवार नियोजन नीतिमा परिवर्तन गर्ने कुनै विशेष समयतालिकाबारे सोचिसकेका छैनौँ, लीले चीनको संसदको वार्षिक बैठकका अवसरमा गरिएको पत्रकार सम्मेलनका क्रममा बताए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा