सोल, २१ फागुन । उत्तर कोरियाले आफ्ना आणविक क्षेत्रका सम्पूर्ण कार्मचारी एवम् सबै शस्त्रगृहलाई तयारी अवस्थामा रहन आदेश दिएको छ ।
उत्तर कोरियाली नेताले शुक्रबार आफ्ना यस क्षेत्रका कर्मचारीहरुलाई पनि सतर्क अवस्थामा रहन आदेश दिनुभएको बताएइको छ ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नाकाबन्दीको घोषणा गरेको भोलिपल्ट उत्तरको पनि यो आदेश आएको हो ।
उत्तर कोरियाको समाचार समिति कसिएनएले उत्तर कोरियाली नेतालाई उद्धृतगर्दै दिएको समाचारमा कुनैपनि बेला आक्रमणका लागि तयार रहनुपर्ने भएकोले त्यसका लागि सतर्क अवस्थामा रहन सो आदेश दिइएको जनाइएको छ ।
यही फेब्रुअरी महिनाको सुरुवातमै उत्तर कोरियाले लामो दुरीको रकेट प्रक्षेपण गरेको थियो । सो कार्यको विश्वव्यापी रुपमा विरोध भएको थियो ।
सोही विरोधपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले उक्त देशका विरुद्धमा नाकाबन्दीको घोषणा गरेको थियो ।
नाकाबन्दीको विरोधगर्दै उत्तर कोरियाले पनि आफ्नो आणविक शस्त्रगृहसँग सम्बन्धित सबैजना कर्मचारी र प्राविधिकलाई तयारी अवस्थामा रहन आदेश दिएको बताइएको छ ।
अमेरिकाले संसारमा युद्धको वातावरण बनाएको आरोप उत्तरले लगाएको छ । उत्तर कोरियाले यसका लागि अमेरिका नै बढी जिम्मेवार रहेको जनाएको हो ।
उता अमेरिकाले भने उत्तर कोरियाले विश्वमा शान्तिका लागि भएका पहलहरुमा सधैँ समस्या बन्ने गरेको भन्दै आक्रमणका लागि उत्तरसँग त्यस्तो कुनै शक्ति नै नरहेको प्रतिक्रिया दिएको छ ।
सुरक्षाका विज्ञहरु पनि उत्तर कोरियासँग त्यतिधेरै आक्रमणकारी आणविक शक्ति नरहेको बताउछन् भने कतिपयले उत्तरले यस क्षेत्रको शक्ति सञ्चय गरेको पनि बताएका छन् ।
उत्तर कोरियाको आफ्नै देशको आणविक क्षेत्रका लागि यो आदेश पछि संयुक्त राष्ट्रसंघबाट भने कुनै प्रतिक्रिया आएको छैन ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा