सोल, २१ फागुन । उत्तर कोरियाले आफ्ना आणविक क्षेत्रका सम्पूर्ण कार्मचारी एवम् सबै शस्त्रगृहलाई तयारी अवस्थामा रहन आदेश दिएको छ ।
उत्तर कोरियाली नेताले शुक्रबार आफ्ना यस क्षेत्रका कर्मचारीहरुलाई पनि सतर्क अवस्थामा रहन आदेश दिनुभएको बताएइको छ ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नाकाबन्दीको घोषणा गरेको भोलिपल्ट उत्तरको पनि यो आदेश आएको हो ।
उत्तर कोरियाको समाचार समिति कसिएनएले उत्तर कोरियाली नेतालाई उद्धृतगर्दै दिएको समाचारमा कुनैपनि बेला आक्रमणका लागि तयार रहनुपर्ने भएकोले त्यसका लागि सतर्क अवस्थामा रहन सो आदेश दिइएको जनाइएको छ ।
यही फेब्रुअरी महिनाको सुरुवातमै उत्तर कोरियाले लामो दुरीको रकेट प्रक्षेपण गरेको थियो । सो कार्यको विश्वव्यापी रुपमा विरोध भएको थियो ।
सोही विरोधपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले उक्त देशका विरुद्धमा नाकाबन्दीको घोषणा गरेको थियो ।
नाकाबन्दीको विरोधगर्दै उत्तर कोरियाले पनि आफ्नो आणविक शस्त्रगृहसँग सम्बन्धित सबैजना कर्मचारी र प्राविधिकलाई तयारी अवस्थामा रहन आदेश दिएको बताइएको छ ।
अमेरिकाले संसारमा युद्धको वातावरण बनाएको आरोप उत्तरले लगाएको छ । उत्तर कोरियाले यसका लागि अमेरिका नै बढी जिम्मेवार रहेको जनाएको हो ।
उता अमेरिकाले भने उत्तर कोरियाले विश्वमा शान्तिका लागि भएका पहलहरुमा सधैँ समस्या बन्ने गरेको भन्दै आक्रमणका लागि उत्तरसँग त्यस्तो कुनै शक्ति नै नरहेको प्रतिक्रिया दिएको छ ।
सुरक्षाका विज्ञहरु पनि उत्तर कोरियासँग त्यतिधेरै आक्रमणकारी आणविक शक्ति नरहेको बताउछन् भने कतिपयले उत्तरले यस क्षेत्रको शक्ति सञ्चय गरेको पनि बताएका छन् ।
उत्तर कोरियाको आफ्नै देशको आणविक क्षेत्रका लागि यो आदेश पछि संयुक्त राष्ट्रसंघबाट भने कुनै प्रतिक्रिया आएको छैन ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह