दमास्कस, २२ माघ । सिरियाका शरणार्थीहरुका लागि विश्वका दाता राष्ट्रहरुले कम्तीमा पनि दश अर्ब अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
लन्डनमा जारी रहेको सिरियाका सहयोगी समूहको बैठकमा सो प्रतिबद्धता आएको जनाइएको छ । सिरियाली दाताहरुको सम्मेलन लन्डनमा बिहीबार सुरु भएको हो ।
शुक्रबारको सो सम्मेलनका क्रममा टर्कीको बाटोहुदै दशौँ हजार सिरियाली शरणार्थीले सिरिया छोडेको जनाएका हुन् ।
आफ्नो देशहुदै अहिले पनि कम्तीमा ७० हजार जनाले टर्कीको बाटो रोजेका जनाइएको हो । साथै सो सम्मेलनका क्रममा सिरियाको अलेपो सहरमा मात्र करिब तीन लाख शरणार्थीले सिरिया छोड्ने पर्खाइमा रहेका टर्किस् प्रतिनिधिले जानकारी दिएका हुन् ।
अलेपोमा रसियाली युद्धक विमानले आक्रमण गर्ने गरेका छन् । सो आक्रमणबाट बच्नका लागि उनीहरुले सिरिया छोड्न खोजेका बताइएको हो ।
सिरियामा जारी रहेको हिंसाका कारण घरबारबिहीन नागरिकको संरक्षणका लागि सिरियाली दाताहरुको सो सम्मेलन सुरु भएको हो ।
सिरियाको पाँचवर्षे हिंसाको अन्त्यका लागि जारी रहेका विभिन्न प्रयासहरुमध्ये दाताहरुको सम्मेलन पनि एक हो । सो सम्मेलनमा दाताहरुको प्रतिबद्धताको बारेमा छलफल भइरहेको छ ।
गएको शुक्रबार जेनेभामा संयुक्त राष्ट्रसङ्घीय अधिकारी, सिरियाली प्रतिनिधि र साउदी अरेबियाका मध्यस्थकर्ताहरुबीच वार्ता सुरु भएको थियो ।
सिरियामा जारी रहेको करिब पाँच वर्षलामो युद्धको अन्त्यका लागि सुरु हुन लागेको सो वार्तामा विपक्षीको पनि सहभागिता रहेपछि यसको निष्कर्षका बारेमा प्रतिक्षा सुरु भएको बताइएको थियो ।
सिरियामा गएको करिब पाँच वर्षदेखि जारी हिंसामा परी कम्तीमा पनि दुई लाख ६० हजार नागरिकको ज्यान गएको छ । सो हिंसामा परी त्यहाँका दशौँ लाख नागरिक घरबारबिहीन वा शरणार्थी भएका छन् ।
सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि यसअघि पनि संयुक्त राष्ट्रसंघले वार्ताको प्रयास गरेको हो । तर वार्ता सफल हुन सकेको छैन ।
तर यस पटकको वार्ता भने साउदी अरेबियाको अग्रसरतामा तय भएको हो । साउदी अरेबियाको पहलमा सुरु भएको सो वार्तामा संयुक्त राष्ट्रसंघको पनि सहभागिता छ ।
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा