
साहित्य महासङ्घमा संकेतलाई नियात्रा र अधिकारीलाई गजलकाे जिम्मा
लण्डन । विश्व नेपाली साहित्य महासंघले यात्रा स्पर्स (नियात्रा) विभाग संयोजकमा साहित्यकार केदार ‘संकेत’ सुनुवार र गजल विधा संयोजकमा साहित्यकार खगेन्द्र अधिकारीलाई जिम्मा दिएकाे छ ।
२८ जनवरीमा महासंघकाे सम्पन्न साइबर बैठकले साे निर्णय गरेकाे महासंघले जनाएकाे छ ।
विभिन्न विषयहरुमा छलफल गरिएको मासिक बैठकको अध्यक्षता युकेबाट अध्यक्ष विश्वास दीप तिगेलाले गर्नुभएको थियो भने बैठकलाई ताइवानबाट महासचिव डा. लेखनाथ काफ्लेले संचालन गर्नुभएको थियो ।
साहित्य महासंघको नयाँ नेतृत्वको सम्बन्धमा पनि छलफल गरिएको थियो ।
तिगेला नेतृत्वको कार्यसमितिकाे कार्यकाल आउँदो जुलाईमा समाप्त हुँदैछ ।
महासङ्घको १७ मुलुकमा २३ शाखाहरु संचालनमा छन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति
फेसबुक