
कृषि विकास मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कृषि विकासमन्त्री हरिवोल गजुरेललगायत । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १३ माघ । एक महिनाअघि २७ बुँदे प्रतिबद्धता जारी गरेको कृषि विकास मन्त्रालयले प्रतिबद्धता कार्यान्वयनका लागि कार्ययोजना तथा विस्तृत कार्यसञ्चालन योजनालाई अघि बढाएको छ ।
सरकारले जारी गरेको श्वेतपत्र २०७२ समेतका आधारमा प्रतिबद्धता कार्यान्वयनका लागि सो योजना ल्याइएको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कृषि विकासमन्त्रीको अध्यक्षतामा राष्ट्रिय कृषि विकास कार्यान्वयन समिति गठन गरी कार्य अघि बढाइएको, राष्ट्रिय किसान आयोग गठन प्रक्रिया गर्ने तयारी भएको, तीन हजार गाउँपालिकामा एक एक कृषि पशु प्राविधिज्ञको व्यवस्था गर्ने तयारी भएको बताइयो ।
भूकम्प प्रभावित आठ जिल्लामा बीउबिजन तथा कृषि औजार वितरण गरिएको छ । यसैगरी, रासायनिक मल एक लाख १९ हजार ५३२ मेट्रिक टन, प्राङ्गारिक मल ७११ मेट्रिक टन, उन्नत बीउबिजन चार हजार ४५४ मेट्रिक टन बिक्री वितरण भइसकेको सो अवसरमा बताइएको थियो ।
कृषि विकासमन्त्री हरिबोल गजुरेलले नाकाबन्दी र मधेस आन्दोलनका साथै कृषि विकास मन्त्रालयको विभाजनले प्रतिबद्धता कार्यान्वयनमा ढिलाइ भएको बताउँदै किसानले चाहेबमोजिमको उन्नत बीउ तथा रासायनिक मल बिक्री वितरणमा समस्या परेको र मिल्क होलिडे न्यून गर्न पनि कठिनाइ भएको उल्लेख गर्नुभयो ।
उहाँले बाँझो जमिन प्रयोगमा ल्याउन र आपूर्ति मन्त्रालयसँगको समन्वयमा आपूर्ति व्यवस्था सहज बनाउन काम अघि बढाइएको पनि जानकारी दिनुभयो ।
मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले किसानलाई प्रोत्साहन दिन उनीहरुको योगदानका आधारमा सहभागितामूलक ‘पेन्सन’ दिने तयारी भइरहेको बताउनुभयो ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत