काठमाडौँ, ९ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदले व्यवस्थापिका–संसद्को आजको बैठकमा रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका छन् ।
सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चा आबद्ध सांसदहरुले आआफ्नो स्थानबाट उठेर विरोध जनाउनुभयो । सभामुख घर्तीले विरोधमा उभिएकामध्ये तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लालाई बोल्ने समय प्रदान गर्नुभयो ।
सांसद शुक्लाले प्रमुख तीन राजनीतिक दलसंग भएको वार्ता सार्थक निष्कर्षमा पुग्न नसकेको भन्दै पछिल्लो दिनमा मोरङको रङ्गेलीको घटनाले आफूहरुलाई सशङ्कित बनाएको बताउनुभयो ।
प्रमुख तीन दलका तर्फबाट अगाडि बढाइएको संविधान संशोधन प्रस्तावले आफूहरुको माग सम्बोधन गर्न नसक्ने टिप्पणी गर्दै संशोधन प्रस्ताव हात्तीको देखाउने दाँतमात्रै भएको आरोप उहाँले लगाउनुभयो ।
तराई मधेसको आन्दोलनलाई बदनाम गराउन खोजिएको भन्दै उहाँले सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, थरुहट तराई पार्टी नेपाल सम्बद्ध सांसदहरुले नाराबाजी गर्ने बताउनुभयो ।
उहाँले आफ्नो धारणा राखिसकेपछि तराई मधेस केन्द्रित दलका सांसदहरुले सभामुख घर्तीको आशन अगाडि पुगेर नाराबाजी सुरु गर्नुभयो । यस्तै, सङ्घीय सद्भावना पार्टीकी सांसद डिम्पलकुमारी झाले पनि संविधान संशोधन प्रक्रियामा आफ्नो असहमति भएको बताउनुभयो ।
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित