
बंगबन्धु गोल्डकप फुटवलको उपाधि सहित स्वदेश फर्किएका खेलाडीहरु लाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न आएका खेल प्रमीहरु विजयको नारा लगाउदै। तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडौँ, ९ माघ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले बङ्गलादेशमा शुक्रबार सम्पन्न बङ्गबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टोलीले ऐतिहासिक जित हासिल गरेकामा बधाई दिनुभएको छ ।
उहाँले आज विज्ञप्ति जारी गरी बहराइनको यु–२३ टिमलाई ३–० को जित हासिल गरेर नेपाली टोलीले सफलता प्राप्त गरेकामा खुसी व्यक्त गर्दै बधाई ज्ञापन गर्नुभएको हो । सभापति कोइरालाले खेल प्रशिक्षकलाई पनि धन्यवाद प्रकट गर्नाका साथै अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त यो सफलताप्रति आफू र आफ्नो पार्टीको तर्फबाट बधाई दिनुभएको विज्ञप्तिमा उल्लेख छ ।
उहाँले आगामी दिनमा पनि फूटबलको प्रगति र प्रवद्र्धन हुने आशा व्यक्त गर्दै आफ्नातर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?