
काठमाडौँ, ५ माघ । व्यवस्थापिका–संसद्मा आजदेखि प्रारम्भ गर्ने भनिएको नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ माथिको दफावार छलफल दुई दिनपछि सरेको छ ।
नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद्मा प्रमुख तीन राजनीतिक दलका शीर्षनेता तथा संसदीय दलका नेताबीच भएको छलफलमा यही माघ ७ गतेदेखि सो विधेयक माथिको छलफल अघि बढाउने निर्णय भएको छ ।
छलफलपछि पत्रकारलाई जानकारी दिँदै कार्यदलका सदस्य तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावलले सदनमा प्रस्तुत संविधान संशोधन प्रस्ताव तथा आन्दोलनरत मधेसवादी दलका प्रस्तावलाई अघि बढाउन सकिने सम्भावित विषयमा छलफल भएको बताउनुभयो ।
उहाँले उक्त विधेयकका विषयमा परेका संशोधन प्रस्तावका बारेमा यही माघ ७ गतेदेखि छलफल प्रारम्भ गर्ने र यसका लागि माघ ९ गते आआफ्ना दलका सबै सदस्यलाई जानकारी गराएर त्यस विषयमा निर्णय गर्ने सहमति भएको बताउनुभयो ।
आन्दोलनरत दलसँग हालसम्म भएका प्रगतिका विषयमा शीर्ष तहमा रहेका नेतालाई जानकारी गराउने र समस्या समाधानका लागि कार्यदल होस् वा शीर्षनेता जुनसुकै तहमा पनि छलफललाई निरन्तरता दिने र माघ ९ गतेसम्म कुनै सहमति नभए संसद्मा प्रस्तुत संविधानको संशोधन विधेयकलाई अघि बढाउनुपर्नेमा सहमति भएको रक्षामन्त्री रावलले जोड दिनुभयो ।
सीमाङ्कनका विषयमा उहाँले यो अत्यन्त जटिल विषय भएकाले यस विषयमा तत्काल निर्णय गर्न नसकिने तर गठन हुने उच्चस्तरीय राजनीतिक संयन्त्रले पेस गरेको प्रतिवेदनबमोजिम हुने उल्लेख गर्नुभयो ।
निर्धारित समयभन्दा करिब तीन घन्टा ढिलो सुरु भएको सदनको बैठकमा सभामुख ओनसरी घर्तीमगरले सो विधेयकमाथिको दफावार छलफल कार्यसूचीबाट हटाइएको जानकारी दिनुभएको थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल