
काठमाडौँ, ४ माघ । नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
इन्डियन आयल कर्पोरेसनले यही माघ २ गते पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्य घटाएको हो । निगमले पेट्रोलमा रु पाँच र डिजेल र मट्टितेलमा रु ६ घटाएको छ ।
निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ९९ तथा डिजेल र मट्टितेल प्रतिलिटर रु ७५ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर रु १०४ र डिजेल र मट्टितेल रु ८१ मा बिक्री वितरण हुँदै आएको थियो ।
यस्तै, रु २३२ प्रतिलिटरमा बिक्री वितरण हुँदै आएको हवाई इन्धनको मूल्य पनि घटेको छ । नयाँ मूल्यसूचीअनुसार हवाई इन्धनको मूल्य रु १६४ हुनेछ । तर निगमले खाना पकाउने ग्यासको भने मूल्य घटाएको छैन ।
गत असोज ३ गतेदेखि मागअनुसार आयात गर्न नसकेको निगमले करिब चार महिनापछि मूल्य समायोजन गरेको हो । निगमले २०७१ भदौ १३ गते स्वचालित मूल्य प्रणाली लागू गरेको थियो ।
स्वचालित मूल्य प्रणाली लागू गर्दै आएको निगमले मागअनुसार आपूर्ति गर्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि बिक्री मूल्यमा समायोजन गर्न सकेको थिएन ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल अमेरिकी डलर २८ रहेको छ । एक ब्यारेल बराबर १६२ लिटर हुन आउँछ ।
भारतको अघोषित नाकाबन्दीपछि रक्सौलबाहेक अन्य नाकाबाट पेट्रोलियम पदार्थ आयात भएपनि बजारको माग धान्न सकेको छैन । मुलुक भित्रने कुल परिणाममध्ये रक्सौल नाकाबाट मात्रै ७० प्रतिशत पेट्रोलियम पदार्थ आयात हुने गरेको थियो । सो नाका गत असोजदेखि ठप्प प्राय रहेको छ ।
अन्य नाकाबाट ३० प्रतिशत मात्रै आयात भएको अवस्थामा बजारमा अभाव भने कायम नै रहेको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]