काठमाडौँ, ९ पुस । एकीकृत नेकपा(माओवादी)ले संवैधानिक प्रावधानअनुसार सात प्रदेशको बैठक तथा प्रशिक्षण गर्ने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले सात प्रदेशमा प्रदेश समितिको बैठक एवम् प्रशिक्षणको कार्यक्रम तय गरेको हो ।
एमाओवादी प्रवक्ता दीनानाथ शर्माका अनुसार यही पुस १५ गतेदेखि ३० गतेसम्म ७ वटै प्रदेशको बैठक एवम् प्रशिक्षण सक्ने निर्णय गरिएको हो ।
उनले यही पुस १५ गते ३ नं प्रदेशको काठमाडौँमा, पुस १८ गते १ नं प्रदेशको इटहरीमा, पुस २० गते २ नं क्षेत्रको बर्दिवासमा, पुस २२ गते ४ नं प्रदेशको पोखरामा, पुस २५ गते ५ नं प्रदेशको दाङमा, पुस २८ गते ६ नं प्रदेशको सुर्खेतमा र पुस ३० गते ७ नं प्रदेशको धनगढीमा प्रदेश समितिको बैठक एवम् प्रशिक्षण गर्ने कार्यतालिका तय गरिएको जानकारी दिए ।
त्यसैगरी पूर्व घोषित केन्द्रीय परिषद्को बैठक स्थगित गरिएको प्रवक्ता शर्माले बताए । त्यसैगरी बैठकले प्रदेश नं १ मा हिमाल राई र प्रदेश नं ३ मा नारायण दाहाललाई प्रदेश सचिवमा नियुक्त गरेको छ ।
स्थायी समितिको बैठकले यही पुस ११ गते अर्थात् २६ डिसेम्बर चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको जन्म दिवस भब्यताका साथ मनाउने निर्णय गरेको छ ।
त्यसैगरी आगामी फागुन १ गते विशेष कार्यक्रमको आयोजना गरी जनयुद्धको २०औँ वार्षिकोत्सव मनाउने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा