काठमाडौैँ ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरी केही मन्त्रालयको जिम्मेवारीमा हेरफेर समेत गरेका छन् ।
नयाँ नियुक्त भएका चार मन्त्रीमा दीपक बोहरा (श्रम तथा रोजगार), प्रेमबहादुर सिंह(खानेपानी तथा सरसफाइ), एकनाथ ढकाल (बिना विभागीय) र शिवलाल थापा (विज्ञान तथा प्रविधि) छन् । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराए ।
बोहरा राप्रपा, सिंह समाजवादी जनता पार्टी, ढकाल नेपाल परिवार दल र थापा जनमुक्ति पार्टी(लोकतान्त्रिक)बाट प्रतिनिधित्व गर्छन् ।
त्यस्तै कार्यभार पछि तोकिने गरी नेकपा(एमाले)बाट दिनेशचन्द्र यादव, दामोदर भण्डारी, बलबहादुर महत, नरदेवी पुन मगर, मञ्जुकुमारी चौधरी र दीपनारायण साहलाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।
प्रधानमन्त्रीले सहरी विकास मन्त्रालय आफूसँगै राखेका छन् । त्यस्तै रामजनम चौधरी स्वास्थ्य, शेरधन राई सूचना तथा सञ्चार, शान्ता मानवी शान्ति तथा पुनःनिर्माण र विश्वेन्द्र पासवान जनसङ्ख्या तथा वातावरणमन्त्रीमा रहेका छन् । स्वास्थ्य, सूचना तथा सञ्चार र जनसङ्ख्या तथा वातावरण मन्त्रालयको नाम परिवर्तित भएको छ ।
गत असोज २५ मा गठन भएको सो मन्त्रिमण्डलमा कात्तिक १, १९ र २३ गते जिम्मेवारीमा हेरफेर तथा थप भएकामा आज पुनः विस्तार र हेरफेर भई मन्त्रिमण्डलमा ४० सदस्य पुगेका छन् । सो अनुसार उपप्रधानमन्त्री छ, मन्त्री २१, राज्यमन्त्री १० र सहायकमन्त्री दुई जना छन् ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित