भक्तपुर, ७ पुस । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भारतको अघोषित नाकाबन्दी र तराई आन्दोलनका कारण उद्योग क्षेत्रले दैनिक रु दुई अर्बभन्दा बढी घाटा बेहार्नुपरेको बताएका छन् ।
रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले निजी क्षेत्र र सरकारले सङ्कलन गरेको तथ्याङ्कअनुसार नेपालमा सञ्चालित उद्योगले दैनिक रु दुई अर्बको घाटा व्यहोरेको बताए ।
मन्त्री पाण्डेले अघोषित नाकाबन्दीका कारण निजी क्षेत्र तहसनहस बनेको भन्दै वित्तीय संस्थाबाट लिएको ऋणमा सरकारले राष्ट्र बैंकसँग छलफल गरी व्याजमा सहुलियत दिने तयारी गरिरहेको जानकारी दिए ।
नेपालमा भएका विभिन्न खानीको पहिचान गरी छ महिनाभित्रै सञ्चालनमा ल्याउने तयारीमा समेत सरकार लागिपरेको बताउँदै उनले अघोषित नाकाबन्दी झेलिरहेका निजी उद्योग, कलकारखाना र विभिन्न सङ्घसंस्थालाई तीन महिनासम्मका लागि स्वेच्छिक इन्धन खरिद इजाजत प्रदान गरिएको जानकारी दिए ।
उनले भने, “मधेस आन्दोलन नेपालीको हो र त्यसलाई सम्बोधन पनि नेपालीले नै गर्ने हो ।” सरकार वार्ताकै माध्यमबाट समस्या समाधान गर्न लागिपरेको तर वार्तामा मधेस आन्दोलनका नेतृत्वको उपस्थिति फरक फरक मुहारका हुने भएकाले समेत समस्या सुल्झिन नसकेको मन्त्री पाण्डेको भनाइ थियो ।
मन्त्री पाण्डेले उत्तरतर्फको नाका व्यवस्थित गर्न नसकिएको भन्दै भारतसँग मात्र नभएर इतिहास पल्टाएर हेर्ने हो भने चीनसँग समेत रोटी र बेटीको सम्बन्ध रहेकाले दुबै देशसँगको सम्बन्ध सुमधुर राख्दै नेपाललाई आत्मनिर्भर देश बनाउनेतर्फ तत्कालै योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा