भक्तपुर, ७ पुस । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भारतको अघोषित नाकाबन्दी र तराई आन्दोलनका कारण उद्योग क्षेत्रले दैनिक रु दुई अर्बभन्दा बढी घाटा बेहार्नुपरेको बताएका छन् ।
रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले निजी क्षेत्र र सरकारले सङ्कलन गरेको तथ्याङ्कअनुसार नेपालमा सञ्चालित उद्योगले दैनिक रु दुई अर्बको घाटा व्यहोरेको बताए ।
मन्त्री पाण्डेले अघोषित नाकाबन्दीका कारण निजी क्षेत्र तहसनहस बनेको भन्दै वित्तीय संस्थाबाट लिएको ऋणमा सरकारले राष्ट्र बैंकसँग छलफल गरी व्याजमा सहुलियत दिने तयारी गरिरहेको जानकारी दिए ।
नेपालमा भएका विभिन्न खानीको पहिचान गरी छ महिनाभित्रै सञ्चालनमा ल्याउने तयारीमा समेत सरकार लागिपरेको बताउँदै उनले अघोषित नाकाबन्दी झेलिरहेका निजी उद्योग, कलकारखाना र विभिन्न सङ्घसंस्थालाई तीन महिनासम्मका लागि स्वेच्छिक इन्धन खरिद इजाजत प्रदान गरिएको जानकारी दिए ।
उनले भने, “मधेस आन्दोलन नेपालीको हो र त्यसलाई सम्बोधन पनि नेपालीले नै गर्ने हो ।” सरकार वार्ताकै माध्यमबाट समस्या समाधान गर्न लागिपरेको तर वार्तामा मधेस आन्दोलनका नेतृत्वको उपस्थिति फरक फरक मुहारका हुने भएकाले समेत समस्या सुल्झिन नसकेको मन्त्री पाण्डेको भनाइ थियो ।
मन्त्री पाण्डेले उत्तरतर्फको नाका व्यवस्थित गर्न नसकिएको भन्दै भारतसँग मात्र नभएर इतिहास पल्टाएर हेर्ने हो भने चीनसँग समेत रोटी र बेटीको सम्बन्ध रहेकाले दुबै देशसँगको सम्बन्ध सुमधुर राख्दै नेपाललाई आत्मनिर्भर देश बनाउनेतर्फ तत्कालै योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान