लन्डन । आफ्नो हक अधिकारका लागि आन्दोलनरत गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतविरुद्ध केही महिनायता जारी वहिष्कार एवं विरोधका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
समितिले नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापनाको २०० वर्ष पुरा भएको उपलक्ष्यमा बेलायत सरकारले आयोजना गर्दै आएको हरेक कार्यक्रम वहिष्कार एवं विरोध गर्दै आएको थियो । स्मरण रहोस्, यही १६ डिसेम्बर सांझ बेलायती परराष्ट्र मन्त्रालयमा गरिने द्विशतवार्षिकी समारोहमा भाग लिन नेपाल सरकारको प्रतिनिधित्व गर्दै परराष्ट्र तथा उपप्रधानमन्त्री कमल थापा भोलि १५ डिसेम्बरमा लन्डन आउने कार्यक्रम छ ।
हाल नेपाल रहेका सत्याग्रह समितिका प्रतिनिधिहरुले नेपाल सरकारका विशिष्ठ अधिकारीहरुसंग भेटेपछि स्थगनको निर्णय गरेका हुन् ।सत्याग्रहका प्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री कमल थापा र अन्य मन्त्रीहरुसंग भेटेर बेलायत सरकारसंग आफ्ना मागबारे कुरा राखिदिन आग्रह गरेका थिए । वार्तापछि नेपाल सरकारले बेलायतसंग निर्णायक वार्ता गरिदिने र यसका लागि विरोध कार्यक्रमहरुले वार्ताको वातावरण बिगार्ने भएकाले कार्यक्रम स्थगन गर्न अनुरोध गरेपछि यस्तो निर्णय गरिएको जनाइएको छ ।
समितिले परराष्ट्रमन्त्री एवं परराष्ट्र सचिवलाई भेटेर गोरखा विभेदका लिखित दस्तावेजहरु प्रमाण र तर्कका लागि उपलव्ध गराइसकिएको पनि जनाएको छ ।
समितिले बेलायत सरकारलाई थप दवाव दिने उद्देश्यले सामूहिक आमरण अनसनमा जाने चेतावनी दिइसकेको छ ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल