
ब्रसेल्स, १० मङ्सिर । पेरिसमा हालै भएको आतङ्ककारी आक्रमणका कारण युरोपका कैयौँ देशमा असुरक्षाको चर्चा बढिरहेको बताइएको छ । साथै आतङ्ककारी हमलाको त्रास युरोपेली क्षेत्रमा नै देखिएको पाइएको छ ।
पेरिसमा यही नोभेम्बर १३ मा आतङ्ककारी हमला भएको थियो । फ्रान्समा सो हमला सन् २०१५ मा नै दोस्रो पटक भएको बताइएको छ ।
मुस्लिम अतिवादी समूह, आईएसले सो हमला गरेको जिम्मेवारी लिएसँगै युरोपका अरू देशमा पनि हमला गर्ने उनीहरूको योजना रहेको अनुमानका आधारमा त्यस्तै खालका सुरक्षा मापदण्ड पनि अपनाइएको छ ।
युरोपमा पछिल्लो समयमा आतङ्ककारी क्रियाकलाप बढ्दै गएको र त्यसमा निकै नै सजगता अपनाउनुपर्ने बताउँदै आइएको छ ।
युरोपमा नै आतङ्कवाद छिरेको भन्दै यसको निवारण र नियन्त्रणका लागि अहिलेको भन्दा अझै शक्तिशाली कारबाही अघि बढाउनुपर्ने धारणा बुधबार मात्र जर्मन चान्सलर एन्जेला मार्केलले पनि राख्नुभएको थियो ।
आतङ्ककारी हमलाबाट मारिएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्न पेरिस पुग्नुभएका उहाँले आईएसविरुद्धको कारबाहीलाई थप प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो ।
साथै उहाँले यस कार्यका लागि जस्तोसुकै सहयोगको आवश्यकता परे पनि फ्रान्सलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।
साथै उहाँले आईएसका विरुद्ध लड्न सबै युरोपेली राष्ट्रहरूले कडा सुरक्षा व्यवस्था अपनाउन र युरोपेली राष्ट्रहरूले प्रभावकारी मापदण्डका साथ काम गर्न पनि आग्रह गर्नुभएको थियो ।
अर्कातर्फ मध्यपूर्वीलगायत विश्वका विभिन्न देशमा पछिल्लो समयमा हिंसा र आन्तरिक द्वन्द्व बढ्दै जाँदा युरोप छिर्ने शरणार्थीको सङ्ख्यामा पनि विगतका तुलनामा निकै ठूलो मात्रामा वृद्धि हुँदै गएकाले पनि यो सुरक्षा व्यवस्थालाई थप चुस्त बनाउन पनि सबैको ध्यानाकार्षण भएको छ ।
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान