इटहरी, ९ मङ्सिर । सुनसरी जिल्लाको हरिपुर र भारत विहारको भीमनगर सीमा नाकामा आज बिहान भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले नेपाल भूमिमा प्रवेश गरेर गोली चलाएर चारजना नेपाली गम्भीर घाइते बनाउनु भारतीय सुरक्षाकर्मीका तर्फबाट सिधै गल्ती भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताउनुभएको छ ।
घटनास्थलको स्थलगत अवलोकनसँगै स्थानीयवासी र भारतीय सीमा सुरक्षा बलसँग समेत भेटघाट गरेर घटनाका विषयमा गहन अध्ययनपछि सदरमुकाम इनरुवा आइपुग्नुभएका प्रजिअ पन्थले स्थानीयवासीले भने जस्तै भारतीय सीमा सुरक्षा बलका जवानले नेपालको भू–भागमा आएर जथाभावी गोली चलाएको देखिएको उल्लेख गर्नु भयो ।
साइकलमा रासायनिक मल लिएर नेपालतिर आउँदै गरेको नेपालीलाई साइकलमा पच्छ्याउँदै आएका भारतीय सुरक्षा बलका जवानले नेपाली भूमिमा बसिरहेकालाई जथाभावी बोल्ने र गालीगलौज गरेपछि तनाव भएको र एक्कासी भारतीय जवानहरुले फायर खोलेको स्वयम एसएसबीका जवानले बताएको प्रमुख जिल्ला अधिकारी पन्थले जानकारी गराउनुभयो ।
भारतीय सुरक्षा बल एसएसबीले आफुहरुमाथि पनि लाठी प्रहार गरेको र आत्मरक्षाका लागि बाध्य भ्एर फायर खोल्नुपरेको भन्ने भनाइले पनि उनीहरुबाट गल्ती भएको देखिन आएको पनि प्रजिअ पन्थले जानकारी गराउँदै नेपाली भूमिमा प्रवेश गरेर नेपालीमाथि नै गोली हान्नु सिधै गल्ती भएको टिप्पणी गर्नुभयो ।
घटनापछि हरिपुर सीमानाका क्षेत्रमा अहिले स्थिति शान्त रहेको छ । सुनसरी प्रहरीले घट्नालाई गम्भीररुपमा हेर्न छलफल चलाइरहेको बुझिएको छ ।
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
राधिका (टिका) गुरुङले एनआरएनए महिला उपाध्यक्षमा पदमा उम्मेदवारी दिनुहुने
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह