
संविधान संशोधन प्रस्ताव अपुरो ः यादव
काठमाडौँ, ८ मङ्सिर । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, आदिवासीलगायत सीमान्तकृत वर्गको अधिकारका लागि मधेस आन्दोलन भएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले ‘वर्तमान संविधानले मधेसी जनताको भावनालाई उपेक्षित गरेकाले’ आन्दोलन गर्न मधेसी जनता बाध्य भएको स्पष्ट पार्नुभयो ।
उहाँले वर्तमान राजनीतिक सङ्कट शताब्दीयौँदेखि खसआर्य उच्च जातिका शासक वर्गले मुलुकको शासन र शक्तिमा एकाधिकार गरी मधेसी, आदिवासी, जनजाति सबैको अधिकार खोसी पहिचान समाप्त पारेको कारण उत्पन्न भएको बताउनुभयो ।
अध्यक्ष यादवले अहिलेको संविधानमा समावेशी, समानुपातिक प्रतिनिधित्व नभएकाले नेपाली काँग्रेस नेतृत्वको सरकारले व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव ल्याएकामा सकारात्मक भएको तर यसले मात्र मधेसको समस्या समाधान नहुने स्पष्ट पार्नुभयो ।
अध्यक्ष यादवले मधेस आन्दोलन राजनीतिक समस्याबाट भएको भन्दै यसको समाधान पनि राजनीतिक तवरबाटै टुङ्ग्याउनुपर्ने बताउनुभयो । उहाँले राज्य पुनःसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन गरेमा धेरै समस्या समाधान हुने बताउँदै त्यसका लागि तयार हुन सरकारलाई आह्वान गर्नुभयो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति