
काठमाडौँ, ८ मङ्सिर । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, आदिवासीलगायत सीमान्तकृत वर्गको अधिकारका लागि मधेस आन्दोलन भएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले ‘वर्तमान संविधानले मधेसी जनताको भावनालाई उपेक्षित गरेकाले’ आन्दोलन गर्न मधेसी जनता बाध्य भएको स्पष्ट पार्नुभयो ।
उहाँले वर्तमान राजनीतिक सङ्कट शताब्दीयौँदेखि खसआर्य उच्च जातिका शासक वर्गले मुलुकको शासन र शक्तिमा एकाधिकार गरी मधेसी, आदिवासी, जनजाति सबैको अधिकार खोसी पहिचान समाप्त पारेको कारण उत्पन्न भएको बताउनुभयो ।
अध्यक्ष यादवले अहिलेको संविधानमा समावेशी, समानुपातिक प्रतिनिधित्व नभएकाले नेपाली काँग्रेस नेतृत्वको सरकारले व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव ल्याएकामा सकारात्मक भएको तर यसले मात्र मधेसको समस्या समाधान नहुने स्पष्ट पार्नुभयो ।
अध्यक्ष यादवले मधेस आन्दोलन राजनीतिक समस्याबाट भएको भन्दै यसको समाधान पनि राजनीतिक तवरबाटै टुङ्ग्याउनुपर्ने बताउनुभयो । उहाँले राज्य पुनःसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन गरेमा धेरै समस्या समाधान हुने बताउँदै त्यसका लागि तयार हुन सरकारलाई आह्वान गर्नुभयो ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न