भद्रपुर, ७ मङ्सिर । सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनरत दलका झापाका नेताले एउटै मञ्चमा उपस्थित भएर तत्काल मधेस आन्दोलनलाई निकास दिँदै संविधानको कार्यान्वयनमा अग्रसर हुन सुझाव दिएका छन् ।
संवाद समूहको सचिवालय झापाको संयोजनमा आज बिर्तामोडमा ‘संविधानको कार्यान्वयनः सीमाङ्कन र मधेस आन्दोलनको निकास’ विषयमा आयोजित छलफलमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताले आन्दोलनको स्वरुप परिवर्तन गर्न, आन्दोलनलाई शान्तिपूर्ण बनाउन तथा सडक आन्दोलन स्थगन गरी संसद् र टेवलबाटै समाधान खोज्न आग्रह गरेका थिए ।
मधेसवादी दलका नेताले आन्दोलनरत पक्ष र सरकार दुवै लचकताका साथ प्रस्तुत भई निर्णायक वार्ता गर्नुपर्नेमा जोड दिए ।
छलफलमा कसैको भावनामा चोट पुरयाउन नहुने र सामाजिक सद्भाव, राष्ट्रिय अखण्डता र स्वाधीनता रक्षाका लागि सबै पक्ष गम्भीर हुनुपर्नेसमेत साझा धारणा राखियो । अधिकांश नेताले सीमाङ्कनको क्रममा झापा, मोरङ, सुनसरीलाई टुक्र्याउन नहुने बरु ती तीन जिल्लाको छुट्टै प्रदेश भने बनाउँदा उपयुक्त हुने सुझाव दिए ।
दलका नेताले सरकारमा सहभागी सबै दलले समस्या समाधान गर्ने गरी तत्काल साझा धारणा सार्वजनिक गरेर निर्णायक वार्ता प्रक्रिया अगाडि बढाउनु पर्नेमा जोड दिए ।
सांसद मनकुमार गौतम, नेपाली काँग्रेसका उपसभापति देउमान थेवे, नेकपा (एमाले)का सचिव मदन अधिकारी, एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष राजु आचार्य , राप्रपा नेपालका मेची अञ्चल सचिव कुमार भट्टराई र नेकपा (माले) का सचिव नवराज खरेलले संविधानले कसैलाई विभेद नगरेको बताउँदै कहीँ कमजोरी भएको रहेछ भने संवादका माध्यमबाट संशोधन गर्दै सबैका अधिकार सुनिश्चित हुनुपर्ने बताए ।
नेकपा क्रान्तिकारी माओवादीका सेक्रेटरी रोशन कन्दङवा, तमलोपाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष त्रिनारायण राजवंशी, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का जिल्ला अध्यक्ष भरतसिंह राजवंशी र सद्भावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेशले मधेसका जायज माग पूरा गर्न ढिला गरे मुलुक झन् गम्भीर सङ्कटमा फस्ने धारणा राखेका थिए ।
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
यसरी मनायो थारु कल्याणकारी सभा यूकेले माघी पर्व
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु