भद्रपुर, ७ मङ्सिर । सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनरत दलका झापाका नेताले एउटै मञ्चमा उपस्थित भएर तत्काल मधेस आन्दोलनलाई निकास दिँदै संविधानको कार्यान्वयनमा अग्रसर हुन सुझाव दिएका छन् ।
संवाद समूहको सचिवालय झापाको संयोजनमा आज बिर्तामोडमा ‘संविधानको कार्यान्वयनः सीमाङ्कन र मधेस आन्दोलनको निकास’ विषयमा आयोजित छलफलमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताले आन्दोलनको स्वरुप परिवर्तन गर्न, आन्दोलनलाई शान्तिपूर्ण बनाउन तथा सडक आन्दोलन स्थगन गरी संसद् र टेवलबाटै समाधान खोज्न आग्रह गरेका थिए ।
मधेसवादी दलका नेताले आन्दोलनरत पक्ष र सरकार दुवै लचकताका साथ प्रस्तुत भई निर्णायक वार्ता गर्नुपर्नेमा जोड दिए ।
छलफलमा कसैको भावनामा चोट पुरयाउन नहुने र सामाजिक सद्भाव, राष्ट्रिय अखण्डता र स्वाधीनता रक्षाका लागि सबै पक्ष गम्भीर हुनुपर्नेसमेत साझा धारणा राखियो । अधिकांश नेताले सीमाङ्कनको क्रममा झापा, मोरङ, सुनसरीलाई टुक्र्याउन नहुने बरु ती तीन जिल्लाको छुट्टै प्रदेश भने बनाउँदा उपयुक्त हुने सुझाव दिए ।
दलका नेताले सरकारमा सहभागी सबै दलले समस्या समाधान गर्ने गरी तत्काल साझा धारणा सार्वजनिक गरेर निर्णायक वार्ता प्रक्रिया अगाडि बढाउनु पर्नेमा जोड दिए ।
सांसद मनकुमार गौतम, नेपाली काँग्रेसका उपसभापति देउमान थेवे, नेकपा (एमाले)का सचिव मदन अधिकारी, एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष राजु आचार्य , राप्रपा नेपालका मेची अञ्चल सचिव कुमार भट्टराई र नेकपा (माले) का सचिव नवराज खरेलले संविधानले कसैलाई विभेद नगरेको बताउँदै कहीँ कमजोरी भएको रहेछ भने संवादका माध्यमबाट संशोधन गर्दै सबैका अधिकार सुनिश्चित हुनुपर्ने बताए ।
नेकपा क्रान्तिकारी माओवादीका सेक्रेटरी रोशन कन्दङवा, तमलोपाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष त्रिनारायण राजवंशी, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का जिल्ला अध्यक्ष भरतसिंह राजवंशी र सद्भावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेशले मधेसका जायज माग पूरा गर्न ढिला गरे मुलुक झन् गम्भीर सङ्कटमा फस्ने धारणा राखेका थिए ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित