
काठमाडौँ, ५ मङ्सिर । भारतीय चलचित्र निर्माताले भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीले नेपाली जनजीवनमा चरम मानवीय सङ्कट उत्पन्न गरेकाले यस्तो बेला नेपाली जनतालाई साथ दिने बताएका छन् ।
यहाँ जारी फिल्म साउथ एसियामा भाग लिन यसैहप्ता भारतबाट आएका उनीहरुले आज विज्ञप्ति निकाल्दै भारतीय सरकारकै कारणले करिब डेढ महिनादेखि नाकाबन्दी जस्तो अनैतिक कार्य भइरहेकाले त्ससबाट पछि हट्न आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “नाकामा अवरोध गर्ने भारतीय सरकारको गैरजिम्मेवारपूर्ण कामको दुई महिना नाघिसकेको छ, यसले नेपालको अर्थतन्त्रलाई धरासायी पारेको छ ।”
साथै, केही महिनाअघि गएको भूकम्प र तराई आन्दोलन भइरहेका बेला भएको नाकाबन्दीले उद्योगधन्दा व्यापार व्यवसायमा नराम्रो असर परेको मात्र नभएर नेपालीको दैनिकी कष्टकर बन्दै गएको, अस्पतालमा औषधिका अभाव भएको तथा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर परेकोप्रति दुःख प्रकट गरेका उनीहरुले समाधानका लागि ऐक्यबद्धता जनाएका हुन् ।
चलचित्र निर्माताले नेपाल एक सार्वभौम स्वतन्त्र राष्ट्र भएकाले उसले बाह्य हस्तक्षेपबिना नै आफ्नो आन्तरिक मामिला आफैँ हल गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले नेपालको अवस्थालाई गम्भीरतापूर्वक लिई यसबारे भारतीय नागरिकको हैसियतमा आफ्नो देशको सरकार र अन्तर्राष्ट्रिय समुदायलाई छिटो अन्त्य गर्न आग्रह गरेका छन् ।
साथै, नेपाल–भारतबीचको विगतको घनिष्ट सम्बन्ध कायम राख्न तत्काल नाकाबन्दी हटाउनुपर्ने र अझ सुमधुर सम्बन्ध बनाउन सबै लाग्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
विज्ञप्ति जारी गर्ने फिल्म निर्मातामा दीप्ति मुराली, हेमन्त गाबा, इफ्फात फातिमा, नकुलसिंह साहनी, प्रतिक शेखर, सञ्जय काक, शुभ्रा दीक्षित, स्वेता घोषलगायत छन् ।
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल