जीवनमा यती धेरै इमान्दार कथाहरु अहिलेसम्म पढेको रहेन्छु जस्तै लाग्यो, कथाकार एल. बी. क्षेत्रीका ‘इन्द्रमायाको देशमा’ भित्रका कथाहरु पढ्दा । धेरै जसो कथाहरुमा कथाकार स्वयम्लाई भेटेको अनुभुति भइरह्यो कथाहरु पढिरहँदा । प्रत्येक कथाले आ–आफ्नै पृष्ठभूमि बोकेका छन् र प्रत्येक पृष्ठभुमिमा कतै न कतै लेखक पात्रको रुपमा उपस्थित भएको महसुस गरें मैले ।
एल. बी. त्यो एउटा नाम हो, जसलाई मैले साहित्यकारको रुपमा चिन्नु भन्दा पहिले नै अंग्रेजी साहित्यको गुरुको रुपमा चिनेको थिएँ । वीरेन्द्र बहुमुखी क्याम्पसमा उहाँ हामीलाई अंग्रेजी साहित्य पढाउनु हुन्थ्यो । म उहाँको बिद्यार्थी, उहाँलाई सुन्थे, मनन गर्थें, प्रश्नहरु सोध्थें, प्रश्नहरुका उत्तरहरु लेखेर देखाउँथे । हो, व्यक्तिगत रुपमा मेरा लागि एल. बी. क्षेत्री साहित्यकार भन्दा पनि एल. बी. सर हुनुहुन्छ । तर यतिखेर उहाँका कृतिहरुले र उहाँले साहित्यको क्षेत्रमा गरेको योगदानले उहाँलाई साहित्यकारको रुपमा स्थापित गरिसकेको छ ।
कुनै एउटा कार्यक्रममा बोल्दा मैले ‘एल. बी. सर भनेको एल. बी. सर नै हो र यही वाक्यले नै उहाँको सम्पूर्ण परिचय दिन्छ’ भनेको थिएँ । समालोचक डा. लक्ष्मणप्रसाद गौतमले पुस्तकको भूमिकामा लेख्नु भएको रहेछ, ‘एल. बी. का कथा एल. बी. कै स्टाइलका छन् ।’ समालोचक डा. गौतमले भने झैं एल. बी. सरका कथाहरुले आफ्नै र छुट्टै बिशेषताहरु बोकेका छन् ।
भूमिकाको सन्दर्भमा कुरा गर्दा पुस्तकमा अर्को समालोचनात्मक भूमिका लेख्नु भएको छ, समालोचक डा. गोविन्दराज भट्टराईले । मैले उहाँको यो भूमिका एकदमै सन्तुलित र सुललित पाएँ । समालोचक डा. भट्टराईले भने झैं मलाई पनि इन्द्रमायाको देशमा, आज मैले एउटा निर्णय लिएकी छु, सिमाना, राष्ट्र निर्माण, रेमिट््यान्सको कथा उच्च दर्जाका लागि ।
‘इन्द्रमायाको देशमा’ भित्र जम्मा २२ वटा कथाहरु छन् । प्रत्येक कथाहरुले आ–आफ्नै महत्व राख्छन् । वीरेन्द्र क्याम्पसमा क्याम्पस प्रमुख हुँदा एल. बी. सरले धेरै उतार चढावहरु भोग्नु परेको थियो । त्यही सन्दर्भको वरिपरि रहेको कथा हो – ‘जवाफ’ । ‘उपहार’ कथाको बीज चाहिं एल. बी. सर भारतीय सेनामा काम गर्दाको एउटा प्रसंगबाट आएको देखिन्छ ।
‘रेमिट््यान्सको कथा’ चाहिं हुन त एल. बी. सरले अस्ट्रेलियामा रहेका आफ्ना छोराहरु अथवा त्यहाँको जीवनलाई आधार मानेर लेख्नु भएको हो तर मलाई भने आफ्नै कथा लेखिदिएको जस्तो लाग्यो । बिदेशमा बस्नेहरुले गर्ने दुःख र संघर्षलाई चित्रित गरिएको छ कथामा ।
‘उसले फेरि एउटा कथा बुन्नु छ’ एउटा सामाजिक कथा हो । मलाई यसको प्रस्तुति मन परयो । संगीताको सुनको टप लगाउने सपना कसरी तुहियो भन्ने कुरा कथामा देखाइएको छ । संगीताको देवरले विष खाएपछि देवरको उपचारमा उसको पैसा खर्च हुन्छ र उसले टप किन्न सक्दीन तर उसको प्रयास भने जारी रहन्छ । कथाको अन्तिम वाक्य मर्मस्पर्शी छ, ‘सिसिफसका छोरीहरुका यात्राले यसरी नै निरन्तरता पाइरहन्छ ।’
‘शिक्षक आनन्द’ अंग्रेजी पनि नेपाली भाषामा नै पढाइदिए हुन्थ्यो भन्ने आश गर्ने बिद्यार्थीहरुको कथा र अंग्रेजी अंग्रेजी भाषामा मै पढाएर बिद्यार्थीको अंग्रेजीको स्तर अलिकति भएपनि बढाउँछु भन्ने शिक्षकहरुको ब्यथाको कथा हो ।
‘रुपान्तरण’ कथाले जातभातका कुराले थिलथिलिएको समाजमा आएको परिवर्तनको कुरालाई देखाएको छ । यो कथामा पनि कथाकारको उपस्थिति देखिन्छ नै । ‘हतार’मा कथा पनि रमाइलो छ । शीर्ष कथा ‘इन्द्रमायाको देशमा’ महिला सशक्तिकरणको कथा हो । यहाँ लेखकले नर्वेली लेखक इब्सेनकी पात्र नोरा, आइरिस लेखक बनार्ड शाकी पात्र क्यान्डिडा र नेपाली लेखक बी. पी. कोइरालाकी पात्र इन्द्रमायालाई प्रस्तुत गरेका छन् ।
रेशम विरहीका शुभकामनाका शब्दहरु रहेको यस पुस्तकमा एल. बी. सरले कथाबारे आफ्नो धारणा पनि राख्नु भएको छ । उहाँ लेख्नुहुन्छ, ‘लघु होस् वा लामो, कथा मात्र कथा हो, उपन्यास होइन । कथाकारले मुद्दालाई न्याय दिलाउनमा कुनै कमी राख्नु हुँदैन । कथाको प्रारम्भ, उठान तथा अन्त्य कसरी गर्ने भन्ने सोचको आधारमा कथाको दुरी तय गरिन्छ । मुद्दालाई निशाफ न्याय दिनु पर्छ । तर न्यायको निहुँमा कथालाई अनाश्वयक तन्काउनु पनि पाठकप्रति अन्याय हुन्छ ।’
समग्रमा हेर्दा एल. बी. सरका कथाहरु सरल र सुन्दर छन् । एल. बी. सरलाई आगामी साहित्य लेखनका लागि हार्दिक शुभकामना ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक