काठमाडौँ, ५ मङ्सिर । तराई मधेसबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सांसदले तराई मधेसमा देखिएको समस्या समाधान गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन् ।
नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा लामो समयदेखि तराई मधेसमा आन्दोलन हुँदा समस्या थपिएको, नेपाल–भारत सीमा देखिएको अवरोधका कारण दैनिक उपभोग्य वस्तुको आयातमा उल्झन पैदा भएको भन्दै वार्ता र संवादको माध्यमबाट अगाडि बढ्न नेतृत्वलाई सुझाएको हो ।
मधेसको समस्या समाधान गर्न काँग्रेसले पहल गर्ने भन्ने सोही पार्टीका नेताको धारणा सार्वजनिक भइरहेको बेला सो पार्टीले तराई मधेसका सांसदलाई बोलाएर आवश्यक सुझाव लिएको हो ।
वार्ता र संवादको विकल्प नभएपनि तीन महिनासम्म ठोस र प्रभावकारी वार्ता हुन नसकेको भन्दै बैठकमा सहभागी सांसदले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई तत्काल पारित गर्नुपर्नेमा जोड दिएका थिए ।
काँग्रेस पदाधिकारी बैठकले तराई मधेसको समस्या समाधान गर्न आफैले पहल गर्ने निर्णय शुक्रबार गरेको थियो । तर बैठकमा सहभागी सांसदले भने नाम मात्रको वार्ताले केही नहुने भन्दै ठोस र सार्थक वार्ताका लागि काँग्रेसले नै पहल गर्नुपर्ने बताएका थिए ।
गत असोज २० गते नेपालको संविधानको संशोधन प्रस्ताव दर्ता भएको थियो । समानुपातिक, तथा समावेशी प्रतिनिधित्वका लागि आवश्यक व्यवस्था गर्ने उद्देश्यका साथ सो प्रस्ताव दर्ता भए पनि हालसम्म पारित हुन सकेको छैन ।
बैठकले संविधान संशोधन प्रक्रिया तत्काल अगाडि बढाउन दबाब दिने र त्यसका लागि सदनमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय भएको छ ।
मधेसी, दलित, जनजातिलाई अधिकार दिनुपर्छ भन्नेमा कोही कसैको दुईमत नभएपनि सत्तारुढ दल समस्या समाधानमा गम्भीर नभएको आरोप लगाउँदै प्रवक्ता दीलेन्द्रप्रसाद बडूले संसदमा रहेका र संसदभन्दा बाहिर रहेका दलसँग पनि छलफल गरिने बताए ।
संविधान संशोधन भए तराई मधेस केन्द्रित दलले उठाएको आधा माग पूरा हुने र बाँकी रहेको सीमाङ्कनलगायत विषयमा भने सम्बद्ध पक्षसँग छलफल गरेर टुङ्गो लगाउन सकिने प्रवक्ता बडूको भनाइ छ ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री