काठमाडौँ, २ मङ्सिर । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज भएको दोस्रो चरणको अन्तिम खेलमा नेपाल पपुवान्युगिनीसँग दोस्रो पटक तीन विकेटले पराजित भएको छ ।
यसअघि गएको सोमबार भएको पहिलो खेलमा नेपाल पपुवान्युगिनीसँग दुई विकेटले पराजित भएको थियो ।
यूएइको अबुधाबीमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पपुवान्यूगिनीले दुई बल बाँकी छँदा सात विकेट गुमाएर पूरा ग¥यो । पपुवान्युगिनीको जितमा ज्याक भारे र जोन रेभाले अविजित ८४ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई जित दिलाए ।
नेपालका सोमपाल कामीले तीन, वसन्त रेग्मीले दुई, सागर पुन र शक्ति गौचनले एक एक विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको नेपालले ५० ओभरमा आठ विकेट गुमाएर २२४ रन बनाएको थियो ।
नेपालको सुरुवात भने राम्रो हुन सकेन । नेपालले एक रन जोड्दा दुई विकेट गुमाइसकेको थियो । पहिलो विकेटको रुपमा ओपनर अनिल मण्डल र दोस्रो विकेटको रुपमा सुवास खकुरेल बाहिरिसकेका थिए । उनीहरूले एक रन पनि नजोडी आउट भएका थिए ।
कप्तान पारस खड्काले सर्वाधिक ५८ रनको योगदान दिए । ८१ बल खेलेका कप्तान खड्काले पाँच चौकाको मद्वतमा ५८ रन जोडेका हुन् । त्यसैगरी सागर पुनले ४७, शरद भेषावकर ४२, उपकप्तान ज्ञानेन्द्र मल्ल ३६, मेहबुब आलम १५, सोमपाल कामी नौ तथा बसन्त रेग्मीले सात रन जोडे भने शक्ति गौचन दुई रनमा अविजित रहे ।
प्रतियोगितामा उत्कृष्ट बलिङ प्रस्तुत गरेका पपुवान्युगिनीका भानुवा र भालाले समान तीन÷तीन विकेट लिए भने सेसे बउले दुई विकेट लिए ।
प्रतियोगितामा नेपालसहित स्कटल्यान्ड, युएइ, हङकङ, नामिबिया, पपुवान्युगिनी, केन्या र नेदरल्यान्ड्स गरी आठ टोली सहभागी छन् । सबै सहभागी टोलीले एकअर्कासँग दुई दुई खेल खेल्नेछन् । त्यस्तै सबै खेल सम्पन्न भएपछि शीर्ष छभित्र पर्ने टोलीले सन् २०१९ मा हुने आइसिसी विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछ । प्रतियोगितामा नेपाल अहिलेसम्म अङ्कविहीन छ । सबै खेल हारेको नेपाल आठ टोली सहभागी प्रतियोगिताको पुछारमा रहेको छ । आजै युएइलाई १३६ रनले हराएको हङकङ ४ खेलमा ३ जीत हात पार्दै छ अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । समान छ छ अङ्क भएका केन्या, नेदरल्यान्ड्स र स्कटल्यान्ड क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । एक जित हात पारेको युएइ सातौँ स्थानमा छ । अर्को खेलमा नेपालले अब हङ्कङको सामना गर्नेछ ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो