पेरिस (फ्रान्स), २९ कात्तिक । पेरिस आक्रमणमा परी मृत्यु भएका करिब ३० जनाको शव अझै पहिचान हुन नसकेको फ्रान्सका प्रधानमन्त्री म्यानुअल भल्जले आइतबार बताउनुभएको छ ।उक्त घटनामा मृत्यु भएकामध्ये १०३ जनाको शव पहिचान भए पनि २०–३० जनाको शव पहिचान नभएको भल्जले फ्रान्सको इकोले मिलिटिएरमा स्थापना गरिएको सूचना केन्द्रमा उपस्थित भई आक्रमणमा परेका नागरिकका आफन्तसँगको कुराकानीमा बताउनुभयो ।
घटनामा १२९ जनाको मृत्यु भएको प्रधानमन्त्रीले जानकारी दिँदै भन्नुभयो, बाँकी अन्य शवको पनि केही घण्टाभित्रै पहिचान हुनेछ ।
पीडित परिवारसँगको भेटमा प्रधानमन्त्री भल्जले भन्नुभयो, पेरिस आक्रमण कोही पनि नागरिकको कल्पनाभन्दा बाहिर भएको र घटनाबाट पीडित भएका परिवारलाई कुनै मनोचिकित्सक, सामाजिक स्वयम्सेवक तथा डाक्टरबाट सान्त्वना दिनु असम्भव छ ।
यद्यपि उनीहरुलाई पक्रियाद्वारा सहयोग गर्नुपर्छ । यसका लागि सरकार सम्पूर्ण प्रशासनिक संयन्त्रको प्रयोग गर्दै मृतकको शवको पहिचान तथा घाइतेलाई उपचार तथा अन्य सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान