पेरिस (फ्रान्स), २९ कात्तिक । पेरिस आक्रमणमा परी मृत्यु भएका करिब ३० जनाको शव अझै पहिचान हुन नसकेको फ्रान्सका प्रधानमन्त्री म्यानुअल भल्जले आइतबार बताउनुभएको छ ।उक्त घटनामा मृत्यु भएकामध्ये १०३ जनाको शव पहिचान भए पनि २०–३० जनाको शव पहिचान नभएको भल्जले फ्रान्सको इकोले मिलिटिएरमा स्थापना गरिएको सूचना केन्द्रमा उपस्थित भई आक्रमणमा परेका नागरिकका आफन्तसँगको कुराकानीमा बताउनुभयो ।
घटनामा १२९ जनाको मृत्यु भएको प्रधानमन्त्रीले जानकारी दिँदै भन्नुभयो, बाँकी अन्य शवको पनि केही घण्टाभित्रै पहिचान हुनेछ ।
पीडित परिवारसँगको भेटमा प्रधानमन्त्री भल्जले भन्नुभयो, पेरिस आक्रमण कोही पनि नागरिकको कल्पनाभन्दा बाहिर भएको र घटनाबाट पीडित भएका परिवारलाई कुनै मनोचिकित्सक, सामाजिक स्वयम्सेवक तथा डाक्टरबाट सान्त्वना दिनु असम्भव छ ।
यद्यपि उनीहरुलाई पक्रियाद्वारा सहयोग गर्नुपर्छ । यसका लागि सरकार सम्पूर्ण प्रशासनिक संयन्त्रको प्रयोग गर्दै मृतकको शवको पहिचान तथा घाइतेलाई उपचार तथा अन्य सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु