काठमाडौँ, २५ कात्तिक । संयुक्त राष्ट्र सङ्घका महासचिव वान की मुनले भूपरिष्वेष्टित मुुलुकका हैसियतले मात्र नभै मानवीय कारणले पनि नेपालले निर्वाध पारवहन सुविधा पाउनुपर्ने बताएका छन् ।
बुधवार नेपालको अवस्थाको बारेमा सोधिएको प्रश्नमा महासचिव वानले नेपाल–भारत सिमानामा अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको असहज अवस्थाप्रति चासो व्यक्त गर्दै ढिलो नगरी अवरोध हटाउन सबै पक्षलाई आग्रह गरेको उनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रवक्ता स्टेफेन डिजोरिले इन्धन आपूर्तिमा देखिएको कमीले नेपालका भूकम्प प्रभावित गाउँमा आवश्यक सामानको आपूर्तिमा अवरोध पुगेको जनाभएको विज्ञप्तिमा उल्लेख छ ।
मानवीय सहायता संस्थालाई उच्च पहाडी क्षेत्रमा जाडो मौसममा भूकम्प प्रभावितका लागि तत्काल खाद्यान्न, न्यानो कपडा र आश्रय सामाग्री वितरण गर्न इन्धनको आवश्यकता पर्ने बताइएको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन