
काठमाडौँ, २२ कात्तिक । नेपाली काँग्रेस संसदीय दलले आफ्नो दलको नेतृत्वमा रहेको सरकारले मधेस आन्दोलनलाई सम्बोधन गर्न संसद्मा दर्ता गरेको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई यथाशक्य छिटो सदनमा पेस गर्न सरकारसँग आग्रह गरेको छ ।
मधेस आन्दोलनलाई सम्बोधन गर्ने सन्दर्भमा संविधानमा राज्यका विभिन्न संरचनामा समानुपातिक समावेशी प्रतिनिधित्वको सिद्धान्त, जनसङ्ख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने गरी संविधान संसोधनसम्बन्धी प्रस्ताव अगाडि बढाइएको थियो ।
काँग्रेस संसदीय दलको आज नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा बसेको बैठकले भूकम्पपीडित जनतालाई राहत दिन भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अघि बढाउनसमेत सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।
बैठकले भारतका तर्फबाट भइरहेको अघोषित नाकाबन्दीको अन्त्य गर्न सरकारलाई तत्काल कूटनीतिक पहल गरी समस्या समाधान गर्न आफ्नातर्फबाट सबै प्रकारका प्रयत्न गर्ने निर्णय गरेको काँग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले बताए ।
नयाँ संविधान जारी भएसँगै मधेस केन्द्रित दलले गर्दे आएको आन्दोलनलाई स्थगन गरी शान्तिपूर्ण वार्ता र संसदीय प्रक्रियामा आई आफ्ना धारणा राख्न काँग्रेसले सुझाव दिएको छ ।
बैठकपछि पत्रकारलाई प्रतिक्रिया व्यक्त गर्दे काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सरकारको ‘हनिमुन’ समयसम्म नेपाली काँग्रेस रचनात्मक प्रतिपक्षको भूमिकामा रहने बताए ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण