
काठमाडौँ, २२ कात्तिक । नेपाली काँग्रेस संसदीय दलले आफ्नो दलको नेतृत्वमा रहेको सरकारले मधेस आन्दोलनलाई सम्बोधन गर्न संसद्मा दर्ता गरेको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई यथाशक्य छिटो सदनमा पेस गर्न सरकारसँग आग्रह गरेको छ ।
मधेस आन्दोलनलाई सम्बोधन गर्ने सन्दर्भमा संविधानमा राज्यका विभिन्न संरचनामा समानुपातिक समावेशी प्रतिनिधित्वको सिद्धान्त, जनसङ्ख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने गरी संविधान संसोधनसम्बन्धी प्रस्ताव अगाडि बढाइएको थियो ।
काँग्रेस संसदीय दलको आज नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा बसेको बैठकले भूकम्पपीडित जनतालाई राहत दिन भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अघि बढाउनसमेत सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।
बैठकले भारतका तर्फबाट भइरहेको अघोषित नाकाबन्दीको अन्त्य गर्न सरकारलाई तत्काल कूटनीतिक पहल गरी समस्या समाधान गर्न आफ्नातर्फबाट सबै प्रकारका प्रयत्न गर्ने निर्णय गरेको काँग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले बताए ।
नयाँ संविधान जारी भएसँगै मधेस केन्द्रित दलले गर्दे आएको आन्दोलनलाई स्थगन गरी शान्तिपूर्ण वार्ता र संसदीय प्रक्रियामा आई आफ्ना धारणा राख्न काँग्रेसले सुझाव दिएको छ ।
बैठकपछि पत्रकारलाई प्रतिक्रिया व्यक्त गर्दे काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सरकारको ‘हनिमुन’ समयसम्म नेपाली काँग्रेस रचनात्मक प्रतिपक्षको भूमिकामा रहने बताए ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ